No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

निर्माण सम्पन्न नहुँदै पुलको टावर ढल्यो

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १३, २०७९
in पत्रपत्रिका, प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
निर्माण सम्पन्न नहुँदै पुलको टावर ढल्यो
Share on FacebookShare on Twitter

इटहरी । खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणाधीन रहेको झोलुङ्गे पुलको टावर ढलेको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङ छबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर निर्माण सम्पन्न नहुँदै ढलेको छ ।

झोलुङ्गे पुलको उदयपुरतर्फको टावर बनेको केही दिनमै फेदैमा भाँचिएर ढलेको स्थानीय सुनकोसी आधारभूत विद्यालयका प्रधानाध्यापक विशाल राईले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार १३ स्टेपमध्ये गत वर्ष नौ स्टेप र यसपल्ट पाँच स्टेप जडान गरिएको पुलको टावर शुक्रबार बिहान ११ बजे बिनाकारण ढलेको थियो ।

निर्माणको काम सम्पन्न नहुँदै पुलको टावर भाँचिएर नदीतिर ढलेको छ । खोटाङतर्फको पिलरको गत वर्ष ११ स्टेप र यसपल्ट दुई स्टेप जडान गरिएको थियो। उदयपुरतर्फ नजिक कुनै बस्ती नरहेकाले मानवीय क्षति भने भएको छैन ।

ठेकेदार वसन्त बुढाथोकीले ३० महिनामा सक्नेगरी २०७६ वैशाख २६ गतेदेखि पुल निर्माणको ठेक्का लिएका थिए। पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको छ। प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलब्ध गराएको तीन करोड ५० लाखमा पुल निर्माणको काम सुरु गरिएको थियो।

चरम ढिलासुस्तीमा निर्माण भइरहेको पुल निर्माणको काम सम्पन्न नहुँदै टावर नै ढलेको छ। निर्माणस्थलमा पुलको लठ्ठा असरल्ल पारेर राखिएको छ।

सुनकोसीमा पुल नहुँदा हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा र बाहुनीडाँडाका स्थानीय जोखिम मोलेर काठको डुङ्गा चढेर नदीमा वारपार गर्ने गरेका छन्।

उदयपुरको कटारीबजार, डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य सामाग्री किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो।

ShareTweetPin
Previous Post

ठगी गरेको आरोपमा ओखलढुङ्गाबाट तीन जना पक्राउ

Next Post

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

Next Post
ट्रक र मोटरसाइकल एकापसमा ठक्कर दिदा एक युवतीको मृत्यु, एकजना गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.