झापामा ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित बुधबारबाट वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको छ ।
डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव–डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको हो ।
अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवन प्रसाद पाठकले गर्नुभयो ।
प्ले कार्डसहितसुरू गरिएको सचेतना ¥याली चारआली बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।
अञ्जना पुरी–अभियानको दोस्रो दिन साताव्यापी सञ्चालन कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गामा नियन्त्रित डढेलो अभियान सञ्चालन गरिने छ । त्यस्तै, ३ गते जलथलस्थित चौकी विरान सामुदायिक वनमा ‘वन क्षेत्रमा हुने ज्वलनशील पदार्थबाट कम्पोष्ट मल बनाउने अभ्यास’ सञ्चालन गरिने छ ।
त्यस्तै, सुरक्षा निकायबीच वन डढेलो नियन्त्रणमा तथा व्यवस्थापन सम्बन्धी अन्तर्क्रिरया छलफल गरिने, डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि तालिम सञ्चालन गरिने छ भने ७ गते अभियानको समापन गरिने डिभिजन वन कार्यालय झापाकी अधिकतृले जानकारी दिनुभयो ।