No Result
View All Result
Tuesday, December 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

स्ववियु निर्वाचन : जनता क्याम्पसमा सहज जीतको नजिक काफ्ले नेतृत्वको प्यानल

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १, २०७९
in राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाइन
0
स्ववियु निर्वाचन : जनता क्याम्पसमा सहज जीतको नजिक काफ्ले नेतृत्वको प्यानल
Share on FacebookShare on Twitter

इटहरी । देशभरको क्याम्पस यति बेला आसन्न चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा होमिएका छन् । क्याम्पसमा स्थापित निर्वाचन अधिकृतको कार्यालय निर्वाचनलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने तयारी गरेको छ भने, कार्यालयमा दर्ता भएका विद्यार्थी सङ्गठनहरू नतिजा आफ्नो पक्षमा पार्ने योजनाका साथ चुनावी गतिविधिहरू गरिरहेका छन् ।

क्याम्पसहरूमा आवस्यक्ताअनुसार गठबन्धनका साथ सबै विद्यार्थी सङ्गठनहरू चुनावी मैदानमा छन् । यो चुनावमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बिच मुख्य प्रतिस्पर्धा देखिने आङ्कलन गर्न सकिन्छ । यी मुख्य सङ्गठनले आवस्यक्ताअनुसार मोर्चा बनाएर चुनावमा होमिएका छन् ।

सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा पनि चुनावी गतिविधिहरू तीव्र बनाइएको छ । मुख्यरुपमा यहाँ नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा एउटा मोर्चा मैदानमा छ भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा अर्को मोर्चा रहेको छ । नेपाल विद्यार्थी संघले समाजवादी विद्यार्थी युनियनसङ गठबन्धन गर्दै चुनावी अभियानलाई तीव्रता दिएको छ ।

नेविसंघका इकाई सभापति सहदेव काफ्लेले नेतृत्व गरेको गठबन्धनले आफ्नो शतप्रतिशत नतिजा आउने दाबी गरेका छन् । विद्यार्थीहरूका हरेक समस्यासँग केन्द्रित भएका सङ्गठनसँग तालमेल भएकाले आफूहरूको जीत निश्चित रहेको कोषाध्यक्ष पदका उम्मेदवार विपिन भट्टराईले बताए ।

विद्यार्थीका लागि जनता क्याम्पसमा आवश्यक पर्ने श्रोत पर्याप्त रहेको उल्लेख गर्दै त्यसलाई जगेर्ना गर्दै पर्याप्त उपलब्धि हासिल गर्नका लागि आफूहरूको उम्मेदवारी रहेको सचिव पदका उम्मेदवार अर्जुन राईले बताए । उनले भने, ‘सुधार गर्नु पर्ने धेरै कुराहरू पनि रहेका छन् त्यसलाई नेतृत्वमा पुगेपछि सुधारको पहल गरिने छ ।’

विचारमा प्रखर, डाइनामिक लिडर
सभापति पदका उम्मेदवार रहेका सहदेव काफ्ले विद्यार्थीमाझ लोकप्रिय मानिन्छन् । क्याम्पसमा आएका हरेक समस्याको समाधानका लागि पहल र प्रयत्न गरिरहने उनी आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछन् । ‘मेरो मत भनेको मैले यो क्याम्पसमा गरेका काम नै हो । उनले भने, मेरो नेतृत्वको टिमलाई विद्यार्थीहरूको मुल्याङकनका साथ निर्वाचित गराउनुहुने छ ।’

‘आजको समयमा जनता क्याम्पसलाई उत्कृष्ट बनाउन समग्र रूपमा हेर्न जरुरी छ । अब हामीले बनाउनु पर्ने भनेको अध्ययन गर्ने वातावरण हो । माहौल हो । म त्यसका लागि प्रतिबद्ध छु । म र मेरो नेतृत्वको टिमले जनता क्याम्पसमा एउटा फरक खाले सृजनात्मक शैक्षिक बतावरणको निर्माण गर्नेछ । जनताको क्याम्पसमा अब वास्तविक रूपमा पढ्ने वातावरण बन्नेछ ।’ उनले भनेका छन् ।

ShareTweetPin
Previous Post

धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

Next Post

झापामा वन डढेलो नियन्त्रण सप्ताह सुरू

Next Post
झापामा वन डढेलो नियन्त्रण सप्ताह सुरू

झापामा वन डढेलो नियन्त्रण सप्ताह सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.