धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
सोमबार दिउँसो ३ बजे धनकुटाको महालक्ष्मी नगरपालिका–४ स्थित मुढे–लेगुवा सडक खण्डमा को को. २ त ७३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किई दुर्घटना हुँदा चालक संखुवासभा मादि नगरपालिका–९ का ३० बर्षीय गुणन बिश्वकर्माको घटना स्थलमा नै मृत्यु भएको हो ।
त्यसै गरी राती पौने ८ बजे सुनसरीको दुहबी नगरपालिका–८ कोशी राजमार्ग स्थितमा ध. १ ख ६४७ नम्बरको बसले बाटो काट्दै गरेको पैदल यात्री सर्लाही मलङग्वा–७ घई भई पशुपति आईरन फ्याक्ट्रीमा काम गर्दै आएका २८ बर्षीय रबिन्द्र महरालाई ठक्कर दिदा घाईते भएका महराको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो ।
।