इटहरी । नेपाल बिद्यार्थी संघ जनता बहुमुखी क्याम्पस ईकाई समितिले प्रजातन्त्र दिवसको अवसरमा ईटहरीस्थित गोल चोकमा दीप प्रज्वलन गरेको छ।
नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र ल्याउन योगदान गर्ने शहीदको सम्झना गर्दै दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको ईकाइ समितिका सह सचिब केबल लुइँटेलले बताए ।
जनता बहुमुखी क्याम्पस इकाई कार्यसमितिका सचिब बिपिन भट्टराईको अध्यक्षतामा गरिएको कार्यक्रममा विद्यार्थी, नेताहरु र समितिका पदाधिकारी र अन्य व्यक्तिहरूको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै भट्टराईले राणाहरुको वंशीयतन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको उल्लेख गरे ।