इटहरी । धरानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन् । धरान १७ स्थित आदर्श चोकमा सोमबार सिलिण्डर लिक भएको आशंका भएपछि सिलिण्डर मर्मत गर्ने मानिस बोलाएर बनाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सिलिन्डरमा घरधनी २७ वर्षीया सविता राई, २२ वर्षीया सोनिका राई, भाडामा बस्दै आएका इटहरी उपमहानगरपालिका ५ का ४२ वर्षीया अञ्जना राई, उनकै आमा ६६ वर्षीया रामकुमारी राई गम्भीर छन् ।
त्यस्तै अञ्जनाको छोरा ८ वर्षीय साङ्केन राई र छोरी १० वर्षीया सुनिहाङ राई, ग्यास बनाउने धरान ११ का १९ वर्षीय अनिष कार्की र सिरहा बन्दीपुरका १८ वर्षीय वासुदेव खड्का घाइते भएका छन् ।
ग्यास घरभरि फैलिएका कारणले घाइतेको संख्या धेरे भएको प्रहरीले जनाएको छ । उनीहरूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टाकुरा न्युजको सहयोगमा


















