No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कार्य सम्पादन मूल्यांकनमा धनकुटा नगरपालिका पहिलो

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ६, २०७९
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
कार्य सम्पादन मूल्यांकनमा धनकुटा नगरपालिका पहिलो
Share on FacebookShare on Twitter

धनकुटा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा धनकुटाका सात वटै पालिका मध्ये सबैभन्दा बढी अंक ल्याएर धनकुटा नगरपालिका प्रथम बनेको छ । प्र्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा ६६.६० अंक प्राप्त गर्दै धनकुटा नगरपालिका जिल्ला प्रथम बनेको हो ।

यता, १ नम्बर प्रदेशका १४ जिल्लाका १३७ पालिका मध्ये धनकुटा नगरपालिका कार्यसम्पादन मूल्यांकनमा ९ औं स्थानमा पर्न सफल भएको छ । कार्यमूल्यांकनमा राम्रो नतिजा आएपछि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले खुशी व्यक्त गरेका छन् । ‘कामको मूल्यांकनका आधारमा तुलनात्मक रुपमा हामी राम्रो पोजिसनमा आएका छौं,’ मेयर तामाङले भने, ‘अब आगामी बर्ष अझै राम्रो नतिजा ल्याउँने गरी काम गर्छौ ।’

आयोगले ११ वटा सूचकका आधारमा सात वटै प्रदेश सरकार र १७ वटा सूचकको आधारमा ७५३ वटै पालिकाको कार्यसम्पादन मूल्यांकन गरेको थियो । आयोगद्वारा सार्वजनिक प्रतिवेदन अनुसार धनकुटाका सात वटा पालिका मध्ये धनकुटा नगरपालिकाले सबैभन्दा बढी र पाख्रीवास नगरपालिकाले सबैभन्दा कम अर्थात ४७.०९ अंक पाएको छ । त्यस्तै, छथर जोरपाटी गाउँपालिकाले ६३.५५, सहिदभूमि गाउँपालिकाले ६२.२५, महालक्ष्मी नगरपालिकाले ५८.९४, चौबिसे गाउँपालिकाले ५४.६४ र साँगुरीगढी गाउँपालिकाले ५२.५४ अंक प्राप्त गरेका छन् ।

मूल्यांकन प्रतिवेदन अनुसार ६० प्रतिशत अंक कटाउँने पालिकाको संख्या न्यून छ । राजश्व र व्ययको अनुमान गाउँ तथा नगर सभामा समयमै पेश गरे÷नगरेको वा समयमै पारित भए÷नभएको, राजश्व संकलनको अवस्था, बजेट खर्च, कार्यप्रगति, वेरुजुको अवस्थालाई पालिकाको कार्यमूल्यांकनको आधार बनाइएको छ । त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकताका साथ हेरिएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, उत्रिर्ण प्रतिशत, गर्भवती महिलाले नियमित गराउँनुपर्ने गर्भजाँचको अवस्था, स्वास्थ्य संस्थामा सुत्केरी गराउँनेको संख्या, खोप लगाउँनुपर्ने वालवालिकालाई नियमित खोप लगाए÷नलगाएको लगायत सूचकका आधारमा पालिकाको मूल्यांकन गरिएको छ । आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार कार्यमूल्यांकन चित्त नबुझेमा आगामी मंगलबारसम्म पुनरावलोकनका लागि प्रमाणसहित निवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

Tags: धनकुटा नगरपालिका
ShareTweetPin
Previous Post

स्वास्थ्य स्वयंसेवीकाका बारेमा सरकार उदासीन : केदार कार्की

Next Post

‘छक्कापञ्जा ४, सुधारगृहदेखि सिंहदरबारसम्म (भिडियो सहित)

Next Post
‘छक्कापञ्जा ४, सुधारगृहदेखि सिंहदरबारसम्म (भिडियो सहित)

‘छक्कापञ्जा ४, सुधारगृहदेखि सिंहदरबारसम्म (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.