इटहरी । प्रदेश १ का प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका नेता केदार कार्कीले स्वास्थ्य संस्थाका स्वयंसेवीकाका बारेमा सरकार उदासीन बनेको बताएका छन् । शनिवारको प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै कार्कीले स्वयमशेवीकाहरुलाई उचित व्यवस्था मिलाउन माग गरेका हुन् ।
‘हामी हाम्रो तलब भत्ता कति छ भनेर मात्रै खोजी हिड्छौं, तर आफ्ना बालबच्चाको अवस्था ख्याल नगरी भिटामिन खुवाउन जाने स्वयमसेवीहरुको तलब भत्ता के कति छ सरकार सांसदले सोच्नु पर्छ की पर्दैन ? उनले अघि भने, ती आमाहरूको स्वास्थ्यको बारेमा शिक्षाको बारेमा सुरक्षाको बारेमा हामीले सोच्ने की नसोच्ने ?’
पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका कार्कीले वर्तमान सरकारमाथि कुन टिप्पणीको जरुरी नरहेको बताए । ‘मुख्यमन्त्री अझै बधाई थापिरहनुभएको छ, मन्त्रालयको सङ्ख्या कमी भयो बढाउने गणित गर्दै हुनुहुन्छ यो आगोको धुवाँमा बसेको सरकार, तासको घरमा बसेको सरकारको कुनै टिप्पणी गर्न जरुरी छैन ।’