बक्लौरी । रामधुनी नगरपालिका भरी रहेका नीजी तथा आवासिय विद्यालयहरुले भोली आइतबार देखि एक हप्ता सम्म खेलकुद सप्ताहको आयोजना गर्ने भएका छन् ।
विद्यार्थीहरुलाई पढाईसँगै खेलकुदमा समेत संलग्न गराउने निजी उद्देश्यले खेलकुद सप्ताहको आयोजना गर्न लागेको रामधुनी नगर प्यावसनका अध्यक्ष अच्यूत ढकालले बताए ।
फागुन ७ गते आइतबारदेखि शुरु हुने खेलकुद सप्ताह फागुन १४ गते आइतबार सम्म चल्ने छ । खेलकुद सप्ताहमा बेसिक लेवल र प्राइमरी लेवलका विद्यार्थिहरुलाई भलिवल र फुटवल प्रतियोगितामा सहभागी गराउने र बिजेतालाई पुरस्कृत समेत गर्ने नगर प्यावसन सचिव हरि रायमाझिले जानकारी दिए ।
खेलकुद सप्ताह रामधुनी ३ मा रहेको पिप्राहा खेलमैदानमा हुने र भलिवल प्रतियोगिता भने रामधुनी ७ मा रहेको पन्चायन विद्या मन्दिरमा आयोजना हुने रामधुनी नगरप्यावसनले जनाएको छ ।