लहरीको ठक्करबाट विराटनगरमा सुरक्षा गार्डको मृत्यु

विराटनगर । विराटनगरमा लहरीको ठक्करबाट सुरक्षा गार्डको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय इटहरीका अनुसार विराटनगर १८ स्थित भन्सार कार्यालय (आईसिपी) छेउमा शनिबार राति लहरीको ठक्करबाट स्कुटरमा सवार सुरक्षा गार्डको मृत्यु भएको हो ।

मे १० प ९१६१ नम्बरको स्कुटीलाई भारतीय नम्बर प्लेटको एनएल ०२ जी ८९५२ नम्बरको लहरीले ठक्कर दिएको थियो । ठक्करबाट मृत्यु हुनेमा झापा मेची नगरपालिका १३ घर भएका ४५ वर्षीय राजन गिरी रहेका छन् ।

उनी आईसिपीमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए । ठक्कर दिने चालक तत्काल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.