No Result
View All Result
Tuesday, July 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पर्यटन प्रर्वधनका लागि विदेशी पाहुना स्वागत गर्दै रामधुनी नगरपालिका

सुमनकुमार भट्टराई by सुमनकुमार भट्टराई
माघ २८, २०७९
in धर्म संस्कृति, समाचार, स्थानीय, हेडलाइन
0
पर्यटन प्रर्वधनका लागि विदेशी पाहुना स्वागत गर्दै रामधुनी नगरपालिका
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले नेपाल तथा छिमेकी राष्ट्रबाट आएका पाहुनाहरुलाई रामधुनी मन्दीरको अवलोकन गराएको छ ।

इटहरीका वरिष्ठ शिक्षासेवी लेखनाथ घिमिरेको अभिनन्दनको अवशरमा सिक्किम, आसाम, कलकता, वाराणसी, कालेबुङ, दार्जिलिङ, सिलिगुडी, मिरिक, दिल्ली र नेपालका विभिन्न जिल्ल्लाबाट आएका पाहुनालाई नगर प्रमुख शंकरलाल चौधरी, उप–प्रमुख तारा थापा, रामधुनी–४ का वडा अध्यक्ष कमल कार्की र रामधुनी मन्दिर व्यपस्थापन समितीका अध्यक्ष डिल्ली कार्कीले स्वागत सहित अवलोकन गराएका हुन् ।No description available.

नगरप्रमुख चौधरी र मन्दिर व्यवस्थापन समितीका अध्यक्ष कार्कीले रामधुनी मन्दिरको बारेमा पाहुनाहरुलाई जानकारी गराए ।

No description available.पाहुनाहरुको स्वागत कार्यक्रममा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रमुख निर्वाचन आयुक्त दिनेस कुमार थपलिया, सुनसरी प्रहरी प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

No description available.

No description available.

No description available.

यसअघि गत माघ १२ गते नगरपालिकाले सार्क महासचिव इसाला रुवान विराकुनलाई पनि स्वागत गर्दै मन्दिरको बारेमा जानकारी गराएको थियो ।

May be an image of 13 people, people sitting, people standing, outdoors and tree

नगरपालिकाले रामधुनी मन्दीरको प्रर्वधनका साथै पर्यटकीय स्थलका रुपमा विकाश गर्नका लागि गुरुयोजनाका साथ काम गरिरहेको उपप्रमुख थापाले बताइन् ।

रामधुनी मन्दिरको परिचय
सुनसरी जिल्लाको रामधुनी नगरपालिका र बराहक्षेत्र नगरपालिका अन्तर्गत पर्ने जङ्गलको मध्यक्षेत्रमा रहेको प्रख्यात धार्मिक स्थल हो रामधुनी मन्दिर । यहाँ हरेक रामनवमीको दिन ठूलो मेला लाग्ने गर्दछ । सुनसरी जिल्लाको सदरमुकाम इनरुवाबाट करीब ७ किलोमिटर उत्तरमा रहेको यस स्थानमा चारैतिर घना जङ्गल र सुन्दर फुलबारीका बीचमा धुनीस्थल रहेको छ । त्रेता युगदेखि जल्न शुरु गरेको अखण्ड धुनी आजसम्म निरन्तर बलिरहेको छ ।

किम्बदन्तीमा आधारित यो स्थान पूर्वाञ्चलकै प्रशिद्ध तीर्थस्थल मानिन्छ। राम नवमी, विवाह पञ्चमी र बालाचतुर्दशीमा लाग्ने मेलामा लाखौंको संख्यामा नेपाल, भारत तथा भुटानका मानिसहरू आउने यस पवित्रस्थलमा त्रेतायुगमा रामचन्द्रले बासबस्दा बालेको धुनी निरन्तर आजसम्म जलिरहेको र कथंकदाचित निभेमा धरानस्थित पिण्डेश्वर मन्दिरमा रहेको अखण्ड दीपबाट प्रज्वलित गर्नुपर्ने र पिण्डेश्वर मन्दिरको अखण्डदिप निभेमा रामधुनीको धुनीबाट आगो लगि सल्काउनु पर्ने परम्परा हालसम्म पनि कायमै छ । रामधुनीमा वनबासको क्रममा सम्झना स्वरूप भगवान रामले छोडेको एकजोर खराउ र रथका पाङ्ग्रा हालसम्म अहिले पनि देख्न सकिन्छ ।

किम्बदन्ती अनुसार त्रेतायुगमा भगवान राम वनबास आउने क्रममा धुनी जगाएर एक रात बास बसेको र त्यो स्थान छोडी हिँड्दा आफ्ना पाउका एक जोर खराउ छाडी गएको भन्ने पौराणिक भनाइ छ । भगवान रामको पाउ स्पर्स भएको यस पवित्र भूमिमा आफ्नो ध्यानलाई पूर्ण गर्न बसेका बाबा वनस्खण्डी नाम गरेका योगीले भगवान रामले जगाएका अग्निलाई निभ्न नदिई राखेर त्यसबाट प्राप्त भएको विगुत(खरानी) प्रसादको रूपमा वितरण गर्ने प्रचलन सुरु भएको थियो।
रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पादित विगुत लगाएमा चिताएको पूरा हुने जनविश्वास अहिलेसम्म पनि जीवितै रहेको छ ।

रामधुनी मन्दिर सुनसरी जिल्लाको रामधुनी नगरपालिका वार्ड नं. ४ मा पर्दछ। सुनसरीको झुम्का बजारदेखि करिब ७ कि.मी. उत्तर पश्चिममा पर्दछ । रामधुनिमा मुख्य रूपमा धुनि मन्दिर र दरवार मन्दिर रहेका छन्। धुनि मन्दिरमा सधै एउटा साजको मूढो सल्काएर राखिन्छ र उक्त मूढो जली रहेको हुन्छ, जसको खरानी नै त्यहाँको देव प्रसाद मानिन्छ ।

Tags: रामधुनी मन्दिरको परिचयरामधुनी मन्दीर
ShareTweetPin
Previous Post

उवासंघ इटहरी निर्वाचन : अध्यक्षमा २७९० मत खस्यो, मतगणना आइतबार विहानबाट

Next Post

लहरीको ठक्करबाट विराटनगरमा सुरक्षा गार्डको मृत्यु

Next Post
लहरीको ठक्करबाट विराटनगरमा सुरक्षा गार्डको मृत्यु

लहरीको ठक्करबाट विराटनगरमा सुरक्षा गार्डको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.