आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्वाचन आयोगले निर्णय भएको छ ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन वैशाख १० गते आइतबार गर्ने गर्ने निर्णय गरेको हो ।
चितवन निर्वाचन क्षेत्र नं.२ का बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता अवैध घोषित भएसँगै उनको पद गएको थियो ।