इटहरी । उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको मतगणना आइतबार विहानबाट हुने भएको छ ।
निर्वाचन समितिका सदस्य पोषराज नेपालका अनुसार अध्यक्ष पदमा कूल २ हजार ७९० मत खसेको छ ।
बहशयस्तै, महिलातर्फ २ हजार ७९०, वाणिज्यतर्फ २ हजार २९०, उद्योगतर्फ ४५३, वस्तुगततर्फ २२ र एसोसिएटतर्फ ३६ मत खसेको नेपालले जानकारी दिए ।
उनका अनुसार कूल ४ हजार ८१० मतदातामध्ये सो संख्यामा मत खसेको हो । मतगणना आइतबार बिहान ८ बजेदेखि उद्योग वाणिज्य संघको सभाहलमा हुने तयारी भएको उनले बताए ।

















