रामधुनी ६ ले ग¥यो कृषकका लागि तालिम तथा विउ वितरण

बक्लौरी । रामधुनी नगरपालिका वडा नं ६ ले कृषकका लागि लक्षित गर्दै तीन दिने मकै धान खेती तालिम तथा बिउ वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बिहीबारबाट सुरु भएको उक्त कार्यक्रममा पूर्व वरिष्ठ बाली संरक्षक अधिकृत छवीलाल घिमिरे र नायक प्राविधिक सहायक दुर्गा सापकोटाले तालिमको सहजता प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा वडा भित्रका ४० जना कृषकलाई बिउ वितरण गरिएको वडा नं ६ का वडा सचिव सागर ढकालले जानकारी दिए ।

सहभागी कृषकहरुले यस्ता तालिमको आयोजनाले कृषि कार्यमा सहजता पैदा हुने बताएका छन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.