No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘घर घरमा सांसद’ अभियान लिएर गाउँबस्तीमा केदार कार्की

फलैचा न्यूज by फलैचा न्यूज
माघ २७, २०७९
in प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
‘घर घरमा सांसद’ अभियान लिएर गाउँबस्तीमा केदार कार्की
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगर– ६ कलरुवाकी अमलादेवी तुराहलाई आफूहरु बस्दै आएको जमिन छाड्नु पर्ने हो कि भन्ने पिरले प्रायजसो सताई रहन्छ । ऐलानी जग्गामा रहेको टहरा भत्काउनु पर्ने कि भन्ने चिन्तामा रुमल्लिएकी उनी आफ्नै निजी जमिन र घर होस भन्ने चाहना रहेको बताउँछिन् ।

सोही ठाउँका सुदन यादवलाई पनि घर जग्गा नहुनुको पीडाले सताई रहन्छ । “अहिलेसम्म त ओत लाग्न पाएका छौं तर कहिले के हुने हो ठेगान छैन,” यादवले भने,“हामी जग्गा जमिन नहुने साधारण मानिसलाई आफ्नै घरवास भईदिए हुनेथियो भन्ने मात्र चिन्ता छ ।”

अमलादेवी र सुदनले गाउँमा स्थानीयको समस्या बुझ्न आएका प्रदेश नम्बर एकका प्रदेशसभा सदस्य केदार कार्की समक्ष पनि त्यही चिन्ता बिसाए । यादवले भने,“हामीले जसोतसो गरिखाएकै छौं तर नेता ज्यू हामीले टाउको ओत लगाउने घरबासको व्यवस्था गरिदिनु होस ।” कार्की सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । स्थानीयको समस्या सुनेपछि कार्कीले विराटनगर–१२ मा निर्माण गरिएको सम्पन्न बस्तीको उदाहरण दिँदै महानगर र प्रदेश सरकारसँग समन्व गरी कलरुवामा पनि त्यस्तै बस्ती निर्माण गर्न सकिने सुझाव दिए ।May be an image of 9 people, people standing, tree and outdoorsकार्कीले आफ्नो निर्वाचन क्षेत्रका बासिन्दाको समस्या बुझ्न ‘घर घरमा सांसद’ अभियान संचालन गरेका छन् । यसैक्रममा उनी स्थानीयसाग साक्षात्कार गर्न घर घर पुगिरहेको बताएका छन् । “नेता चुनाव जितेर गएपछि गाउँ नर्फने भन्ने आरोप लाग्ने गरेको छ,”कार्कीले भने, “त्यही कुरालाई चिर्न म स्थानीयको समस्या बुझ्न घर घर पुगिरहेको छु ।” कार्कीका अनुसार यो अभियान विराटनगर वडा नम्बर ५ बाट शुरु गरिएको जनाएका छन् ।

कलरुवा महानगरभित्र भएर पनि पिछडिएको अवस्थामा रहेकोले प्रदेश सरकारको लगानीमा मूल सडक निर्माणको कार्य अघि बढाइएको कार्कीले बताएका छन् । स्थानीय रुपमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र भौतिक पूर्वाधार निर्माणमा भएका समस्या समाधान गर्न तीनै तहको सरकारसँग समन्वय गरी अघि बढ्ने आफ्नो योजना रहेको उनले स्थानीयलाई सुनाएका छन् ।May be an image of 4 people, people sitting and outdoorsअमलादेवी एका बिहानै आफ्नो घरमा आफूले जिताएर पठाएका सांसद आएपछि एकछिन छक्क परिन । घरमै पाकेको खाजा खान आग्रह गर्दै भनिन्, “यो रोटी पाकेको छ लु हामीसँगै खानुहोस ।” सांसद कार्कीले उनको आग्रह सहर्ष स्विकार गर्दै रोटी तरकारी खाँदै आग्रह गरे, ”के छ समस्या लु भन्नुहोस ?” अमलादेवीले घरबासको समस्या बताइन । छेवैमा उभिएका हरिनारायण यादवले गहुँ र मकैमा मलखाद हाल्ने बेला भएपनि नपाइएको भन्दै समन्वय गरिदिन आग्रह गरे ।

यादवले भने,“नेता ज्यू अब मकैमा ठिक्क युरिया हाल्ने बेला भयो तर हामीले पाएका छैनौं तपाईंले सरकारलाई हाम्रो समस्या भनिदिनु पर्यो ।” कार्कीले यस विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गरेर मलखादको उचित प्रबन्ध गर्न सहयोग गर्ने आश्वासन दिए ।(बाह्रखरीको सहयोगमा )May be an image of 4 people, people sitting, people standing and indoor

ShareTweetPin
Previous Post

शिक्षासेवी लेखनाथ घिमिरेको आज भब्य नागरिक अभिनन्दन गरिदैं

Next Post

‘व्यवसायीहरू मेरो पक्षमा हुनुहुन्छ’ : गायत्री कट्वाल भण्डारी

Next Post
‘व्यवसायीहरू मेरो पक्षमा हुनुहुन्छ’ : गायत्री कट्वाल भण्डारी

'व्यवसायीहरू मेरो पक्षमा हुनुहुन्छ' : गायत्री कट्वाल भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.