इटहरी । शिक्षा, समाजसेवा र साहित्यिक पत्रकारिताका त्रिवेणी इटहरीका सामाजिक व्यक्तित्व लेखनाथ घिमिरेको आज रथारोहणसहित भब्य नागरिक अभिनन्दन गरिने भएको छ ।
घिमिरेकै उचाई बराबरको ताम्रपत्र प्रदान गरेर अभिनन्द गरिने लेखनाथ घिमिरे नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष अनिल पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगका प्रमुक्त आयुक्त तथा गीतकार दिनेश थपलियाको प्रमुख आतिथ्यतामा इटहरीस्थित जनता माविको खेलमैदानमा अभिनन्द कार्यक्रम हुनेछ ।
कार्यक्रममा प्रदेश १ का सवै जिल्लाबाट, अन्य प्रदेशका २५ जिल्लाबाट र भारतको विभिन्न प्रदेशबाट उल्लेख्य संख्यामा मानिसहरूको सहभागिता हुने जनाइएको छ ।
२००२ साल माघ २७ गते ताप्लेजुङ्गमा जन्मिएका उनी लामो समयदेखि शिक्षासेवीका रूपमा परिचित छन् ।

















