No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

उवासंघ इटहरी निर्वाचनः यस्ता छन् रञ्जु सिग्देलका १८ बुँदे प्रतिबद्धता

फलैचा न्यूज by फलैचा न्यूज
माघ २७, २०७९
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
व्यवशायीक विकासको आधार बनाउने रञ्जुको सपना
Share on FacebookShare on Twitter

इटहरी । पूर्वको व्यावसायिक केन्द्रको रूपमा स्थापित हुँदै गरेको इटहरी उपमहानगरपालिकाभित्रका व्यवसायीहरू यतिबेला चुनावी अभियानमा छौँ । आगामी २०७९ माघ २८ गते हुने निर्वाचनका सन्दर्भमा हाम्रा अवधारणा र प्रतिबद्धता तपाईँहरू माझ प्रस्तुत गरेका छौँ ।

उद्योग वाणिज्य सङ्घ इटहरी, उद्योगी व्यवसायीहरूको हक, हित र व्यवसाय प्रवर्द्धनका लागि स्थापित संस्था हो । हाम्रा अग्रज उद्योगी व्यवसायीहरूले व्यापार प्रबन्ध समिति हुँदै झोलाबाट सुरु गरी आज वृहत् उद्योग वाणिज्य सङ्घ निर्माण गर्न अतुलनीय योगदान गर्नुहुने यस सङ्घका सम्पूर्ण अग्रज सदस्यज्यूहरू प्रति आभार व्यक्त गर्न चाहन्छौँ ।

हामीले निर्वाचनको सन्दर्भको कुरा गर्दा गत २०७६ को निर्वाचनबाट निर्वाचित समितिको प्रतिबद्धता र कार्यान्वयन अवस्थाको समीक्षा गर्नु आवश्यक छ । उक्त अवधिमा उद्योग वाणिज्य सङ्घ इटहरीले व्यवसायीहरूको हितमा उल्लेखनीय के कार्यहरू गर्न सक्यो ? पुनः त्यसै समितिमा कार्यरत व्यक्तिहरूले विभिन्न नारा दिएर चुनावी मैदानमा आउँदा व्यवसायीहरूले प्रश्न गर्ने कि नगर्ने ? अहिले मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेको छ ।

कोरोनाका कारणबाट व्यवसाय थला परेको अवस्थाबाट उठेर तङ्ग्रिन नपाउँदै, बैङ्कको चर्को ब्याज थोपरिएको छ । खुद्रा व्यापार हुने ठाउँमा स्थानीय स्तरमा पार्किङ हटाइएको छ । राजस्वका विभिन्न व्यवस्थाका कारण आतङ्कित व्यवसायीहरू इटहरीमा स्थापित हुँदै गइरहेको होलसेल व्यापार अन्यत्र सर्ने अवस्था आइरहेको छ । यी लगायत व्यवसायीका अनेकौँ समस्याहरूमा व्यवसायीको प्रतिनिधिमूलक संस्थाले आवाज उठाउन सकिरहेको छैन या भनौँ मूच्र्छित अवस्थामा छ ।

अतः व्यवसायीहरूका समस्यालाई समाधान गर्ने कुशल नेतृत्व र सबै व्यवसायीहरूलाई समेटेर आवाज उठाउन सक्ने टिम आजको टड्कारो आवश्यकता हो । त्यसैले सफल व्यवसायी, जुझारु युवा तथा विभिन्न सङ्घ संस्थाहरूको नेतृत्व गरी खारिनुभएकी उद्योग वाणिज्य सङ्घ इटहरीको कार्यसमितिमा समेत रहेर महिला उद्योगी, व्यवसायीहरूका माझ तालिमलगायत विभिन्न माध्यमबाट स्थापित युवा नेतृ रञ्जु सिग्देल(चौलागाईँ)को नेतृत्वमा समावेशी समूहसहित निम्न प्रतिबद्धताका साथ उम्मेदवारी दिएका छौँ ।

१. बैङ्क ब्याजदर : बैङ्कको ब्याजदर वृद्धिका कारणले उद्योगी व्यवसायीमा परेको समस्या समाधानका लागि सम्बन्धित निकायलाई यथेष्ट दबाब सिर्जना गरिने छ ।

२. अनुभव साटासाट तथा सम्मान : सफल व्यवसायीहरूलाई समय–समयमा सम्मान गर्ने साथै व्यवसायीहरूसँग अनुभव आदान–प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।

३. रोजगार बैङ्कको स्थापना : बेरोजगार युवाहरूलाई रोजगारी दिने उद्देश्यसहित रोजगार बैङ्कको स्थापना गर्ने ।

४. व्यावसायिक डाटा निर्माण : स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न देशभरिका व्यवसायीहरूको पहुँच पुग्ने गरी वेबसाइट निर्माण गरी व्यवसाय वृद्धि गर्न पहल गर्ने ।

५. व्यावसायिक सुरक्षा : व्यस्त व्यापारिक क्षेत्रहरूमा निवर्तमान अध्यक्ष लिलम बस्नेतले नेतृत्व गरेको टिमद्वारा सुरु भएको सोलार लाइट तथा सिसि क्यामेरा जडान कार्यलाई अन्य व्यापारिक क्षेत्रहरूमा पनि बिस्तारका लागि सम्बन्धित निकायसँग समन्वय गरी निर्धक्क व्यवसाय गर्ने वातावरण बनाई व्यावसायिक सुरक्षामा ध्यान दिनेछौँ ।

६. औद्योगिक ग्राम स्थापना : घरेलु तथा साना उद्योगीहरूका लागि घरेलु औद्योगिक ग्राम स्थापना गर्ने कार्यको सुरुआत गर्ने ।

७. पार्किङ व्यवस्थापन : इटहरी बजार क्षेत्रभित्र वैकल्पिक पार्किङको व्यवस्था नगरी पार्किङ निषेध गरिएकाले बजार क्षेत्रभित्रका खुद्रा व्यवसायीहरू विस्थापित हुने स्थिति रहेकाले सो समस्यालाई समाधान गर्न पहल गर्ने ।

८. व्यावसायिक हित रकम नियमन गर्ने : विगत वर्षहरूमा स्थानीय निकायले व्यवसायीहरूबाट उठेको व्यवसाय करको रकमबाट १५% उद्योग वाणिज्य सङ्घमार्फत व्यवसायीको हितका लागि खर्च गर्ने निर्णय गरिएकोमा हाल सो रकम दिन बन्द गरिएको छ । स्थानीय सरकारसँग समन्वय गरी उद्योग वाणिज्य सङ्घमा सो रकम ल्याउन पहल गरिने छ ।

९. व्यापार प्रवर्द्धन तथा सञ्चार : स्थानीय रेडियो टेलिभिजन, पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमार्फत व्यवसायीहरूका लागि करलगायत व्यवसायसँग सम्बन्धित उपयोगी तालिम र कार्यक्रम सञ्चालन गर्ने । साथै इटहरीका सम्पूर्ण व्यवसायीहरूको डिजिटल रेकर्ड तयार गरिने । चुनाव लगत्तै आफ्नै वेबसाइट निर्माण गरी व्यवसायीका सम्पूर्ण गतिविधिहरूलाई त्यसमार्फत सार्वजनिक गर्ने ।

१०. युवा स्वरोजगार : युवा व्यवसायीहरूको व्यवसाय प्रवर्द्धन तथा समृद्धिका लागि युवा स्वरोजगार कार्यक्रम ल्याउने । युवा व्यवसायी समन्वय समिति गठन गर्ने ।

११. महिला उद्यमशीलता : उद्यमशील महिलाहरूका लागि उत्पादनमूलक तालिमको व्यवस्था गरी आर्थिक रूपमा सबल गराउने । गृहिणी महिलाहरूका लागि उद्यमशीलता तालिम सञ्चालन गरी स्वरोजगार बनाउने कार्य सुरु गर्ने ।

१२ प्रदर्शनी तथा मेला : प्रत्येक वर्ष महोत्सव तथा एक्सपो, रोजगार मेलालाई निरन्तरता दिने साथै महिला विशेष कार्यक्रम साथ महिला उद्यमीहरूको उत्पादनको प्रदर्शनी, मेला आयोजना गर्ने ।

१३ फोहोर व्यवस्थापन : फोहोर व्यवस्थापनका लागि व्यवसायीहरूलाई डस्टविन उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्था गर्ने ।

१४ आर्थिक कारोबार व्यवस्थापन : अडिटरको टिम बनाई कारोबार खातालाई व्यवस्थित गर्न समूहगत रूपमा तालिम सञ्चालन गर्ने । साथै वाणिज्य सङ्घको भवनमा कानुनी परामर्श फाँट स्थापना गर्ने ।

१५ राहत तथा पुनर्स्थापना : उद्योग वाणिज्य सङ्घ इटहरी फाउन्डेसन स्थापना गरी भइपरी आउने व्यावसायिक समस्याहरूमा राहत वितरण तथा पुनर्स्थापना गर्न सहयोग गर्ने ।

१६ घर बहाल सम्झौता : घर बहाल सम्झौता उद्योग वाणिज्य सङ्घको रोहवरमा गराउने साथै घर बहाल सम्बन्धी समस्याको समाधान गर्न निरन्तर लागिरहने ।

१७ गैर व्यवसायी सदस्यतामा निरुत्साहन : उद्योग वाणिज्य सङ्घको विधान पुनर्लेखन गराइ निर्वाचनका लागि मात्र व्यवसायी बन्ने गलत प्रक्रिया र परम्पराको अन्त्य गर्दै राजनैतिक चायाँमुक्त व्यावसायिक सङ्गठन बनाउने ।

१८ नीति निर्माणमा भूमिका : चौरस्ताको रूपमा रहेको महानगर उन्मुख इटहरी उपमहानगरपालिमा रहेको उद्योग वाणिज्य सङ्घले प्रादेशिक र केन्द्रीय बजेट तथा आर्थिक नीति निर्माणमा आफ्नो भूमिका खोज्दै प्रभावकारी रूपमा कार्य गर्ने ।

ShareTweetPin
Previous Post

रंगेलीमा निःशुल्क स्वास्थ्य सिविर संचालन

Next Post

शिक्षासेवी लेखनाथ घिमिरेको आज भब्य नागरिक अभिनन्दन गरिदैं

Next Post
शिक्षासेवी लेखनाथ घिमिरेको आज भब्य नागरिक अभिनन्दन गरिदैं

शिक्षासेवी लेखनाथ घिमिरेको आज भब्य नागरिक अभिनन्दन गरिदैं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.