मोरङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको बताएका हुन् । राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पना गर्नै नसकिने उनको भनाई छ ।
संघदेखि प्रदेशसम्म नै गठबन्धनको सरकार रहेकाले सत्ता गठबन्धनको उम्मेदवारले राष्ट्रपति हुने उनले बताए । पोखरेलले राष्ट्रपतिमा नेपाली कांग्रेसले दाबी गर्न नै नमिल्ने पनि बताए ।

















