सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
हिजो प्रदेश नम्वर १–०२–००१ ख ९४३० नम्वरको ट्रकले को.३५ प ६७४८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक बुढीगँगा गाउँपालिका–७ मोरङका ३२ बर्षीय सुमित खवासको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

















