रामधुनी । समुदायमा आइपर्ने, भुकम्प, अगलागीजस्ता विपदमा नागरिकको जीउधनको सफल उद्धार र सुरक्षाका लागि रामधुनीमा विपद् व्यवस्थापन सम्वन्धी पूर्व अभ्यास सम्पन्न भएको छ ।
विपद् व्यवस्थापन सम्वन्धी अभ्यासमा भुकम्पको धड्का महशुसे हुँदै गर्दा बच्चाहरु झुप्रा घरभित्र पढ्दै थिए भने अभिभावकहरु एक आपसमा गफगाफ गरिरहेका थिए । गफगाफ चलिरहेको बेलामा अचानक भुकम्पको धक्का महशुस भयो सबै बाहिर निस्किए र चिच्याउन थाले । घरहरु केहि चर्किए भने केहि भत्किन थाले । एक जना वृद्ध घरबाट निस्किए र प्रहरीलाई फोन गरे । लगत्तै प्रहरी कन्ट्रोलले आफ्नो टोली घटना स्थलमा परिचालन गर्यो । लगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मीको टोली घटना स्थलमा पुग्यो । बच्चाहरु पढ्दै थिए । भने अभिभावकहरु बसिरहेका थिए । घरहरु भत्किए ।
नेपाल प्रहरी ससस्त्र प्रहरी र नेपाल आर्मीको टोली घटना स्थल पुग्ना साथ घाइतेहरुको उद्धारमा लाग्यो । नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घटनाको सुक्ष्म निरिक्षण गर्नुका साथै स्टेचरबाट घाइतेहरुको उद्धार गर्न थाल्यो ।
प्रहरीको टोली घाइतेको उद्धार गर्न के गर्न लागेको थियो । त्यसैबेला विद्युत सट भएर आगलागी हुन थाल्यो । आगलागी हुनासाथ दुहवी नगरपालिका र रामधुनी नगरपालिकाका २ वटा दमकललाई खवर गरियो साथमा नेपाल रेडक्रस सोसाइटी र रामधुनी नगरपालिका वडा नम्बर ५ को एम्बुलेन्स पनि घटना स्थलमा पुगेको दृष्य नाटकीय ढंगबाट देखाइयो ।
त्यस्तै आगलागीे नियन्त्रण पछि नेपाल रेडक्रस सोसाइटी झुम्का उपशाखा र रामधुनी नगरपालिकाले पिडितहरुलाई राहत वितरण गरेको दृष्य देख्न सकिन्यो । घटनाको निरिक्षण गर्न सुनसरी जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समेत उपस्थित भए । यादवले केहि पिडितलाई राहत बाँड्न भ्याए । राहत बाँडिरहेकै बेला नेताहरुले आफ्ना मान्छेलाई मात्रै राहत बाँडेको आरोप समेत लगाउन थाले ।
सत्य घटना जस्तै देखिने विपद् व्यवस्थापन सम्वन्धी अभ्यासमा जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीले आपतकालिन अवस्थामा कसरी उद्धार र राहतको काम गर्ने गर्छ भन्ने देखाइएको थियो ।
सुनसरी जिल्लाका तीन वटै सुरक्षा निकायका पदाधिकारी, रामधुनी नगरपालिका, दुहवी नगरपालिका र गढी गाउँपालिकाको सहयोगमा जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीको सहयोगमा विपद् व्यवस्थापन सम्वन्धी अभ्यास भएको हो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित पदाधिकारी, दुहवी नगरपालिकाका मेयर/उपमेयर, गढी गाउँपालिकाका अध्यक्ष साथै रामधुनी नगरपालिकाका मेयर/उपमेयर लगायत एक हजार भन्दा बढि सर्बसाधारणको उपस्थितीमा विपद् व्यवस्थापन सम्वन्धी अभ्यास भएको थियो ।
विपद् व्यवस्थापन सम्वन्धी अभ्यासमा उपस्थित भएका सम्पूर्णलाई रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले धन्यवाद दिएका थिए । उनले अभ्यास हेरेपछि समाजमा विपद्को वेलामा सबैले सहयोग गर्न आग्रह गरे ।

