काठमाडौं । सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा उपविजेता बनेको पब्जी मोबाइल टोली डिआरएस गेमिङको विजयीलाई भायानेट कम्युनिकेसनको कार्यालय परिसरमा मनाइएको छ ।
भायानेट कम्युनिकेसन डीआरएसको आईएसपी पार्टनर, प्रायोजक र लामो समयदेखि समर्थक समेत रहेको छ । कार्यक्रममा डीआरएसका टोलि सदस्य दीपेश गुरुङ, शाहस भण्डारी, सुविन कुमार प्रजापति र समर गुरुङलाई भायनेटका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहराले सम्मान गरेका छन् ।
डिआरएसले पीएमजीसी ग्लोबल च्याम्पियनसिपको आफ्नो फाइनलसम्मको प्रेरणादायी यात्रा र उनिहरुको ग्लोबल पीएमजीसी एरेनामा अगाडि बढ्न नेपालको इन्टरनेट कनेक्टिभिटीको भूमिकाका बारेमा बोलेका थिए । उनिहरुले नेपालको इन्टर्नेट कनेक्टिभिटीले नेपाली इस्पोर्ट उद्योगलाई विकसित गर्न र व्यावसायिक गेमरहरूलाई विश्वव्यापी प्रतिस्पर्धा गर्न अनुमति दिने अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागी लामो यात्रा गरेको उल्लेख गरे । डिआरएस गेमिङका अपरेसन प्रमुख संगिन भट्टराईले कम पिङ, स्थिर जडान र शीघ्र सेवाका कारण नै भायानेटको इन्टरनेट उनीहरूको पहिलो रोजाइमा परेको पनि बताए ।
भायानेट सीईओ सेवा पाठक बोहराले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्नका लागि गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने लक्ष्य रहेको बताए । उक्त कार्यक्रममा बोहराले कम्पनीले नेपालको ईस्पोर्ट उद्योगलाई सहयोग र समर्थन गर्न जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
नेपालको सबैभन्दा लोकप्रिय पब्जी टोलीहरू मध्ये एक डिआरएस गेमिङले जनवरी आठमा इन्डोनेसियाको जकार्तामा आयोजित सबैभन्दा ठूलो पब्जी गेमिङ प्रतियोगितामा विश्वभरका ५१ उत्कृष्ट टोलीहरू मध्ये उपविजेता बनेर इतिहास रचेको थियो । टोलीका सदस्यहरूले उक्त ऐतिहासिक प्रदर्शनको लागि दुई लाख डलर नगद राशि जित्न सफल भएका छन् ।
डिआरएसको ऐतिहासिक जितले नेपाल र नेपालीका लागि गेमिङको सम्भावना देखाउँछ ।
विकासशील देशको सीमितताहरूको बावजुद इन्टरनेट प्रविधिमा भइरहेको तिब्र गतिको सुधारका कारण आफ्नो सपना पछ्याउन इच्छुक गेमरहरूलाई प्रशस्त सम्भावना रहेको छ । नेपालको अग्रणी इन्टरनेट र आईपीटिभी सेवा प्रदायक मध्ये एक भायानेट यो सम्भावनालाई यथार्थमा बदल्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
नेपालको अग्रणी इन्टरनेट र आईपीटिभी सेवा प्रदायक मध्ये एक भायानेट सन् १९९९ मा स्थापना भएको हो । आफ्नो स्थापनाकाल देखि भरपर्दो र किफायती ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू प्रदान गर्नमा अग्रणी स्थानमा रहेको कम्पनिले सन् २०११ मा सामान्यतया एफटिटीएएच भनेर चिनिएको फाइबर अप्टिक्स इन्टरनेटलाई पहिलो पटक नेपालमा ल्याएको थियो । यसरी बिना कुनै पनि सेरिङ्ग रेसियो इन्टरनेट सेवा प्रदान गर्ने पहिलो कम्पनी बनी भायानेटले नेपालमा इस्पोर्ट गेमिङ उद्योग स्थापना गर्ने आधार तय गर्नमा अग्रणी भूमिका निभाउँदै आएको छ ।


















