रामधुनी । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी भएकी छिन् ।
बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेकपा (एमाले) का अमृत भट्टराई र नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन्। डा. कार्कीले ३१ हजार १ सय ३६ मत प्राप्त गरिन् ।
निकटतम प्रतिस्पर्धी एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मत प्राप्त गरे भने ऊर्जामन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ८ हजार ७ सय ६९ मत प्राप्त गरिन् ।

















