रामधुनी । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतान्तरले विजयी भएका छन् ।
उनले २६ हजार १ सय ३ मत प्राप्त गर्दै विजयी भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत प्राप्त गरे भने एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३ सय ९३ मत प्राप्त गरे।
गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ मत सदर र ३ हजार १ सय २४ मत बदर भएको थियो ।
२०७४ को चुनाव चितवन क्षेत्र नम्बर ३ बाट जितेका प्रचण्डले यसपटक गोरखा–२ रोजेका थिए ।

















