रामधुनी । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने चितवन–२ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन्। लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
बिहीबार सम्पन्न मतगणना अनुसार लामिछानेले ५९ हजार २ सय ६१ मत ल्याई विजयी भएका हुन् । कांग्रेसका श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गर्दा नेकपा (एमाले) का कृष्णभक्त पोखरेल १४ हजार ६ सय ४९ मत प्राप्त गरे ।
२०७४ सालको निर्वाचनमा चितवन–२ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

















