No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मोरङ ६ (ख) : गठबन्धन दोब्बर मतले अगाडि

खेमराज सापकाेटा by खेमराज सापकाेटा
मंसिर १, २०७९
in प्रतिनिधि–प्रदेश सभा निर्वाचन विषेश, प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
खेलाडिको काँधमा देशको गौरव जोडिएको छः मन्त्री कार्की

file photo

Share on FacebookShare on Twitter

विराटनगर / २०७४ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा देशभर बाम गठबन्धन र नेपाली काँग्रेस मुख्य प्रतिस्पर्धाका साथ निर्वाचनमा होमिए । एमाले र नेकपा माओवादी सहितको बाम गठबन्धनले मधेस प्रदेश बाहेकका अन्य प्रदेश र प्रतिनिधि सभामा स्पष्ट बहुमतका साथ जीत हासिल गर्‍यो ।

वाम गठबन्धनका बाबजुद काँग्रेसका केही उम्मेदवारले मात्र जीत निकाल्न सके । त्यस मध्येका एक हुन मोरङ ६ (ख) का केदार कार्की।

वाम गठबन्धनका उम्मेदवार रमेशकुमार पोखरेललाई ३ हजार १ सय ७८ मतले पराजित गर्दै निर्वाचित भए । अन्ततः सो निर्वाचनमा नेपाली काँग्रेस प्रतिपक्ष बनेर सदनमा उपस्थित भयो ।

पछिल्लो ५ वर्षको अवधिमा राजनीतिको ’मियो’ फेरियो । २ तिहाइ बहुमत भएको सरकार र स्पष्ट बहुमत भएको पार्टीले संविधान विपरीतका काम एक पछि अर्को गर्दै गएपछि कमजोर प्रतिपक्षमा सीमित भएको काँग्रेस सरकाको नेतृत्वमा छ । संविधान विपरीतका कार्यको विरोध गर्नेले विद्रोह गरे नेकपा माओवादी केन्द्रलाई नेकपाबाट अदालतले छुट्टाइदियो र एमाले विरुद्धको गठबन्धन निर्माण भएर सबै प्रदेशमा गठबन्धन दलका सरकार बने ।

राजनीतिलाई पेसा नभई सेवा, जनताका स साना समस्याको समाधानका साथै राजनीतिलाई जनसेवाको रूपमा अगाडि बढाएर निर्वाचित भएका उनै केदार कार्की अहिले पुनः सोही निर्वाचन क्षेत्रमा गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्य पदका लागि चुनावी मैदानमा होमिएका छन् । हाल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका कार्की आफू निर्वाचित हुँदा होस या नहुँदा आफूले समाजप्रति गरेका कामकै आधारमा पुनः जनताले निर्वाचित गर्ने बताउँछन् ।

प्रतिपक्षमा रहँदा सिङ्गो प्रतिपक्षी बनी सरकारलाई जनउत्तरदायी बनाउनका लागि हरेक सवालमा जवाफ खोज्ने कार्की प्रदेश नं १ को प्रदेश सभामा सक्रिय सांसदका रूपमा सूचीकृत सांसद छन् । ’मैले जनताप्रति सरकार उत्तरदायी हुनुपर्छ भनेर हरेक कुरामा घच्घच्याइरहें । कार्की भन्छन्, एउटा प्रतिनिधि भएर म जनता संगैं हुन्थेँ, जनताकै कुरा सदनमा राख्दथेँ ।’

हरेक कुरामा फरक दृष्टिकोण राख्ने कार्की जनताका आधारभूत आवश्यकता पुरा गराउनु नै नेतृत्वको महत्त्वपूर्ण काम रहेको बताउँछन् । नेता कार्की भन्छन् ’हामी कुनै दिवस आयो भने औपचारिक कार्यक्रम गरेर बिताउँछौँ त्यो दीर्घकालीन रूपमा देखिने काम हुँदैन । हरेक दिन, हरेक दिवसमा देखिने काम गर्‍यो भने राजनीतिमा भएको वितृष्णा पनि हराउँछ । त्यसको सुरुवात हामीले गरिसकेका छौँ ।’

आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा भइरहँदा प्रदेशका हरेक नागरिकलाई आफ्नो साथी मन्त्री भएको भन्ने आभास पैदा बनाएको कार्कीले बताए । आपत् विपद् तथा सुरक्षाको जिम्मेवारीमा भएको मन्त्रालय भएर पनि हामी प्रदेशका हरेक नागरिकसँग नजिकमा छौँ । उनी भन्छन् विपद् मा जतिसक्दो चाँडो राहत पुर्याउने, विपद् प्रतिकार्यका योजना बनाउने, प्रहरीलाई सुरक्षित बनाई नागरिकलाई सुरक्षाको घेराभित्र राख्ने, सडक अपराधलाई प्रविधिमैत्री निगरानी गरेर न्यूनीकरण गर्ने कुरामा हामी ’डे वान’ देखि लागिरहेका छौँ । त्यसको प्रतिफल पनि आइरहेको छ ।’

नमुना आवास आयोजनाको नेतृत्वसँगै सुकुम्वासीको समस्या अन्त्य

कार्कीको अगुवाइमा विराटनगर १२ मा विपन्न नागरिकलाई सम्पन्न बनाउनका लागि १ सय ४५ घरपरिवारका लागि एकीकृत बस्ती निर्माणाधीन अवस्थामा रहेको छ । बस्तीका नागरिकले आफैँ काम गरी, जग्गाको किस्ता तिरेर निर्माण सक्दा सम्म जग्गा देखि घर आफ्नो नाममा आउने भएकाले यो परियोजनालाई सम्पन्न बस्ती समेत भनिएको हो । मन्त्री कार्की भन्छन्, ‘सुकुम्वासीका नाममा कति आयोग बने, कागज कति भए, जग्गा दिने भनेर कति भोट कमाइए त्यो देखिएकै छ त १’ यो योजना पुरा भएमा नमुना योजनाका रूपमा स्थापित हुने र यहाँका ७० प्रतिशत सुकुम्वासी समस्याको समाधान हुने छ ।’

https://www.facebook.com/100077556843540/videos/526984629010419/

 

हजार बढी कार्यकर्ता काँग्रेस प्रवेश

पछिल्ला चुनावी अभियानमा मात्रै नेकपा, एमाले जसपा सहितका पार्टी परित्याग गरि १५ सय हाराहारीमा नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् । वडा नं ११ मा जनता समाजवादी पार्टीबाट वडा अध्यक्ष पदका उम्मेदवार रहेका गणेश साह, नेकपा एमाले खेलकुद विभागका सदस्य सहितका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको क्षेत्र नं ६ ख कार्यसमितिले जानकारी दिएको छ ।May be an image of 5 people and people standing

गठबन्धन दोब्बर मतले अगाडि

गत स्थानीय निकायको निर्वाचनको मत परिणामलाई हेर्दा यस क्षेत्रमा गठबन्धन दोब्बर मतले अगाडि रहेको देखिन्छ । वडा अध्यक्षमा प्राप्त मत हेर्दा यहाँ मुख्य रहेका दल नेपाली काँग्रेसले ९ हजार ६ सय १५ नेकपा एमालेले ६ हजार ३ सय २२, जनता समाजवादी पार्टीले २ हजार ३ सय ६२ नेकपा माओवादी केन्द्रले १ हजार ९ सय १४ तथा नेकपा एकीकृत समाजवादीले १ हजार २ सय ४५ मत प्राप्त गरेका छन् । यो तथ्याङ्कलाई हेर्दा मुख्य प्रतिस्पर्धी मानिएको नेकपा एमाले भन्दा गठबन्धन रहेका दलको मत दोब्बर रहेको छ ।

ShareTweetPin
Previous Post

प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीको प्रचार तीव्र, मतदाता भन्छन्– जित्नु आवश्यक छ

Next Post

अदालतले नदिएको न्याय जनताबाट पाउने बिश्वास छ

Next Post
अदालतले नदिएको न्याय जनताबाट पाउने बिश्वास छ

अदालतले नदिएको न्याय जनताबाट पाउने बिश्वास छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.