No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मंसिर १० गते ‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करणको अडिसन हुदै

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २९, २०७९
in मनाेरञ्जन, समाचार, स्थानीय, हेडलाइन
0
मंसिर १० गते ‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करणको अडिसन हुदै
Share on FacebookShare on Twitter

रामधुनी । विगतमा सफल रुपमा संचालन भएको बालबालिकाको सौन्दर्यता र क्षमता प्रष्फुटनमा आधारित सौन्दर्य प्रतियोगिता ‘पुर्वान्चल लिटिल स्टार’ को चौथो संस्करण हुने भएको छ । साईमन फिल्मस एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुति तथा ओजस फिल्म्स प्रालीको आयोजनामा हुने यो प्रतियोगितालाई राठी केबलले मुख्य प्रायोजन गर्ने भएको छ । यो प्रतियोगिताको पहिलो अडिसन आगामी मंसिरको १० गते शनिबार हुने भएको छ ।

बिर्तामोडको सनिश्चरे रोडमा स्थित सरगम संगीतालयमा दिउँसो १ बजेदेखि ५ बजेसम्म अडिसन हुने आयोजकले जनाएको छ । बालबालिकाहरुको सौन्दर्यतासंगै क्षमता अभिबृद्धी तथा भित्री कलालाई बाहिर ल्याउने र सबैमाझ प्रस्फुटन गर्ने मुख्य उद्देश्य रहेको आयोजक साईमन राजबंशिले बताए । प्रतियोगितामा ७ देखि १५ वर्ष उमेर समुहका बालबालिकाले सहभागीता जनाउन पाउने राजबंशिले जानकारी दिए ।

बालबालिकाहरुको ब्युटी प्याजेन्ट आयोजना गर्ने कम्पनीको रुपमा परिचित ‘साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बई’ले यसअघि ‘पुर्वान्चल लिटिल स्टार’ को तिन वटा संस्करण सफलतापुर्बक सम्पन्न गरिसकेको छ । यहि कम्पनीबाट ‘फ्लायर्स फिल्म अवार्ड’ आयोजनाको पनि घोषणा गरेको छ । हाल गर्न लागिएको ‘पुर्वान्चल लिटिल स्टार’ को चौथो संस्करणमा आवेदन फारम ५०० तथा तालिम शुल्क १५ हजार तोकिएको छ । सहभागी हुन इच्छुकका लागि आवेदन खुल्ला भएको आयोजकले जनाएको छ । थप जानकारीका लागि ९८११३५९८४७ र ९८१६५९६६९१ मा सम्पर्क गर्न सकिनेछ । त्यस्तै बिजेता तथा उप(बिजेताहरुले ३ लाख लागतमा बन्ने हिन्दी गीतको म्युजिक भिडियोमा फिचर्ड हुने मौका समेत पाउनेछन् । साथै अन्य आकर्षक पुरस्कार तथा अवार्ड र क्राउन प्रदान गरिने छ । यसमा तेश्रो संस्करणका सहभागीहरुलाई पनि फिचर्ड गराइने साइमनको भनाइ छ ।

जुन गीतलाई ईन्डियाको सारेगमप लिटिल च्याम्प्समा पुगेर तहल्का पिटेका बालगायक प्रितम आचार्यले गाएका छन् । भिडियोको केही प्रतिशत छायांकन पनि सम्पन्न भैसकेको छ । ‘पुर्वान्चल लिटिल स्टार’को कोरियोग्राफरको रुपमा अशिमा दूतराज रहनेछिन् । उनी फेसन मोडल हुन भने पुर्वान्चल लिटिल स्टारको यसअघिका सम्पुर्ण संस्करणको कोरियोग्राफी गरेकी छन् । यो कार्यक्रमको निर्देशक समेत रहेका साईमन नेपाली तथा भोजपुरी म्युजिक भिडियो उधोगका चिनिएका कोरियोग्राफर हुन् । थुप्रै नेपाली फिल्मको गीतहरुमा समेत कोरियोग्राफी गरेका उनले हिन्दी गीतहरुमा पनि कोरियोग्राफी गरेका छन् । उनको बलिउडमा जि टिभीको कोरियोग्राफर भएर काम गरेको अनुभव छ भने अभिजित शावन्त, प्रशान्त तामाङलगायतका सेलेब्रेटीहरुसंग पनि काम गरेका छन् ।

‘पुर्वान्चल लिटिल स्टार’को अफिसियल भिडियोग्राफी पार्टनर ‘परिकला फोटोग्राफी’, फोटोग्राफी पार्टनर क प्रोडक्सन रहेको छ भने मिडिया कोअर्डिनेटर तथा अफिसियल भिडियोग्राफर सुवास श्रेष्ठ संकल्प हुन् । डिथ्री अनलाइन, विशेष अनलाइन, सुर्योदय टेलिभिजन अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ । कार्यक्रम अवधिभरमा सहभागीहरुले कोरियोग्राफी तथा सौन्दर्यता सम्बन्धी तालिम प्राप्त गर्ने छन् ।

त्यसैगरी फिनालेको समयमा आयोजकका तर्फबाट सम्पुर्ण सहभागीलाई ड्रेसको तयारी, ट्रेनिङ टि-सर्ट, प्रोफेसनल फोटोसुट, नृत्य तथा संगीतको कक्षा, सेलेब्रेटीहरुसंग भेट, मोटिभेसनल, पर्सनालिटी डेभलपमेन्ट, मास-कम्युनिकेसन लगायतको अवसर प्रदान गरिनेछ । सहभागी सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरिनुका साथै बन्न लागेको चलचित्र ‘प्रधान द लिडर’ खेल्ने मौका समेत आयोजकले प्रदान गर्ने भएको छ । यो चलचित्र हिन्दी, नेपाली, भोजपुरी र राजबंशी गरि ४ भाषामा तयार हुँदैछ ।

Tags: पुर्वान्चल लिटिल स्टार
ShareTweetPin
Previous Post

गुण्डागर्दीबाट राजनीतिमा आएका पर्शुराम, जसको कारण चार मधेशीले ज्यान गुमाए

Next Post

सदनका ५ वर्ष : केदार कार्की (भिडियो सहित )

Next Post
कांग्रेस नेता कार्कीले भने, ‘समृद्ध राष्ट्रपति प्रधानमन्त्री, सुखि एमाले ओली गुट’

सदनका ५ वर्ष : केदार कार्की (भिडियो सहित )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.