No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गुण्डागर्दीबाट राजनीतिमा आएका पर्शुराम, जसको कारण चार मधेशीले ज्यान गुमाए

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २९, २०७९
in अपराध, प्रतिनिधि–प्रदेश सभा निर्वाचन विषेश, प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाइन
0
पर्शुराम बस्नेतको अपराध श्रृखंला : पत्रकार कुटपिट, अपहरण र अशुलीपछि अब मिटर ब्याजको कालोधन्दा
Share on FacebookShare on Twitter

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ (२)बाट प्रदेशसभामा उम्मेद्वार बनेका एमालेका पर्शुराम बस्नेत अहिले त्यस क्षेत्रका जनतासँग भोट मागिरहेका छन् । मधेशी समुदायको बाहुल्य रहेको उक्त क्षेत्रमा उनले भोट माग्ने नैतिक अधिकार कसरी राखे ? त्यो मामुली प्रश्न होइन । उनै बस्नेतले आफ्नो गुण्डागर्दीको कर्मलाई अगाडि बढाउने क्रममा सबैभन्दा पहिले एक मधेशी युवा करण यादवको हत्या भएको थियो । ठेक्का प्रकरणमा गुण्डागर्दीमा संलग्न बस्नेत र अभिषेक यादवको टिमबीच झडप हुँदा यादवको १७ कार्तिक २०६५ मा हत्या भएको थियो ।

उनै बस्नेतले मधेश र मधेशी आन्दोलनलाई जहिल्यै अपमान मात्रै गरेनन्, हत्या गर्न उक्साउने र झडप गर्न तरबार र खुकुरी लिएर सडकमा नाङ्गो नाच प्रदर्शन गरे । २०६४ साल माघमा भएको मधेश आन्दोलनको समयमा बस्नेतले रोडशेष चोकमा आन्दोलनरत तत्कालिन मधेशी जनअधिकार फोरमका कार्यकर्तामाथि आक्रमण गरेका थिए । मधेश आन्दोलनको मुख्य मक्सद मधेशी जनताको अधिकार स्थापित गर्ने र राज्यसँगको लडाई थियो । तर, बस्नेतले सत्ताको आडमा तत्कालिन एमाले नेता केपी शर्मा ओलीको निर्देशन र विनोद ढकालको संरक्षणमा मधेश आन्दोलन दबाउन लागेका थिए ।

त्यति मात्रै होइन उनै बस्नेतको उक्साहटमा एमालेले २०७२ साल माघ ६ गते मधेश आन्दोलन चलिरहेको मोरङको रंगेलीमा जबर्जस्ती आन्दोलनको विरुद्ध लक्षित गर्दै कार्यक्रम गरेपछि ३ जना मधेशी जनअधिकार फोरमका कार्यकर्ताको ज्यान गएको थियो । जसमा द्रौपतीदेवी चौधरी, शिवु माझी र महादेव ऋषिदेव थिए ।

मधेश र मधेशी जनताको भावना र आन्दोलनको कहिल्यै कदर नगर्ने पर्शुराम बस्नेत उर्फ कृष्ण बस्नेत अहिले तिनै मधेशी जनताको मत मागिरहेका छन् । मैले यसो गरेको छु, उसो गरेको छु, समाजसेवी भन्दै उनले कतिपय संचारमाध्याम र सामाजिक संजालमा नयाँ नयाँ भिडियो सामाग्रीहरु पठाइरहेका छन् । साँच्चै मधेशी जनताले बस्नेतको विगत हेर्ने हो भने उनलाई मत होइन सजाय दिनुपर्ने बुद्धिजीविहरु बताउँछन् ।

यसरी भएको थियो पर्शुरामको उदय ?
पर्शुराम बस्नेत विराटनगरको आपराधिक जगतमा चिनिएको नाम हो । २०५० सालतिर दोलखाबाट आएर यातायात मजदुर बनेका पर्शुराम केही वर्षमै विराटनगरमा ‘गुण्डा नाइके’को रूपमा उदाए ।

उनीसँग अहिले चार अर्बभन्दा बढी सम्पत्ति भएको उनलाई चिन्नेहरू बताउँछन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएपछि उनको सम्पत्ति ‘कानुनसम्मत’ ठहरिएको छ ।

पर्शुरामको सुरूवाती व्यवसाय यातायात मजदुरी र त्यसपछि रेस्टुरेन्ट व्यवसाय हो । ती व्यवसाय हुँदै पर्शुराम काठ र अन्य ठेक्कापट्टामा हात हालेका हुन् । सँगै उनी साङ्गीतिक कार्यक्रम र व्यापार मेला आयोजना गर्थे । त्यही सिलसिलामा अभिषेक गिरीसँग उनी घनिष्ठ बन्न पुगेका थिए ।

एमाले निकट पिपुल्स भोलेन्टियर्सको विराटनगर संयोजक तथा जिल्ला खेलकुद विकास समितिका सदस्य हुँदै पर्शुराम २०६८ सालसम्म आइपुग्दा युथफोर्स मोरङका उपाध्यक्ष बने ।

त्यसबेला एमाले नेता विनोद ढकालसँगको निकटता पर्शुरामलाई निकै फापेको थियो । तर, अहिले बस्नेत र ढकालको सम्बन्ध ‘खटपट’ छ भनिन्छ ।

२०६०–६२ तिर माओवादी तथा वाइसीएलले रोकेको महेन्द्र राजमार्ग उत्तरको काठको लाइन पर्शुरामले खुलाएका थिए पनि भनिन्छ । २०६४ सालमा युथफोर्स र वाइसीएलबीच धनकुटामा झडप हुँदा कफ्र्यू लाग्यो । वाइसीएललाई तह लगाउन युथफोर्सलाई हतियार आवश्यक प¥यो । धनकुटाको युथफोर्सले पर्शुरामको सहयोग चाह्यो । पर्शुरामले धनकुटामा हतियार सप्लाई गरे ।

त्यतिबेला पर्शुराम समूहले पठाएको हतियार पक्रने मिसनमा हिँडेका तत्कालीन प्रहरी निरीक्षक हाल प्रहरी नायब उपरीक्षक(डिएसपी) भन्छन्, ‘हामीले भेडेटारमा चालकसहितको रित्तो मारुती भेन मात्र समात्न सक्यौं, तत्कालीन डिआइजी भीष्म प्रसाईंको सहयोगमा पर्शुरामले धनकुटामा हतियार पु¥याएरै छाडे ।’

कानुन कार्यान्वयन र अपराध अनुसन्धान गर्ने निकायको उच्च व्यक्ति नै पर्शुरामको सहयोगी बनेपछि उनी विराटनगरमा मौलाउँदै गएको ती डिएसपी बताउँछन् । ‘म इन्सपेक्टर भएकै थिइनँ, पढ्दै थिएँ । चरिकोटबाट कोटेश्वर आउने एउटा माइक्रो बसको खलासी थिए पर्शुराम,’ ती डिएसपी भन्छन्, ‘म साथीसँग कोठा लिएर कोटेश्वरमा बस्थें, त्यो साथीको पर्शुरामसँग चिनजान रहेछ । ट्राफिक प्रहरीका जवानसँग विवाद भएपछि पर्शुराम कोठामा आए, छुरा लिएर त्यसको भुँडी वारपार पारिदिन्छु भनेर बाहिर निस्किन तम्सिए। हामीले रोक्यौं ।’

पर्शुरामको आपराधिक पृष्ठभूमिबारे सुरक्षा निकाय पहिले पनि र अहिले पनि जानकार छ । उनको पृष्ठभूमिबारे कोही सुरक्षा निकायका व्यक्तिहरू कसैले खुलेर त कसैले ‘अफ द रेकर्ड’ भनी जानकारी दिएका छन् । खुलेर जानकारी दिने सुरक्षा अधिकारी प्रद्युम्न कार्की हुन् ।

२०५७ सालमा वडा प्रहरी कार्यालय विराटनगरमा प्रहरी निरीक्षकको रुपमा कार्कीको पोस्टिङ भएको थियो। त्यसबेला पर्शुराम ‘टोले गुण्डा’ थिए । एक दिन राति कार्की गाडीसहित गस्तीमा हिँडेका थिए । पर्शुराम दुई–चार केटा लिएर हिँडिरहेका थिए ।

केटाहरूसँग ‘रल्लिँदै’ हिँडेको देखेर कार्कीले हप्काए (रातविरात के हो यो ?) प्रहरी निरीक्षक कार्कीसँग पर्शुराम जंगिए । इन्सपेक्टरको ‘जोश’ सम्हाल्न नसकेर कार्कीले पर्शुरामलाई लतारेर दुई बुट टाउकोमा हिर्काए ।

पर्शुराम रगताम्य बने । रक्ताम्य पर्शुरामलाई ल्याएर झ्यालखानामा छिराए । पर्शुरामको टाउकोबाट रगत अत्यधिक बगेपछि अस्पताल पठाए । अस्पताल पु¥याएपछि पर्शुरामले स्वास्थ्यलाभ गरे ।

एउटा इन्स्पेक्टरको भूमिकामा कार्कीले जति कारबाही गरे, त्यतिबेला त्यो नै काफी थियो । पर्शुरामको समूहले २०६८ सालमा पत्रकार खिलनाथ ढकालमाथि आक्रमण गरेपछि उनको गुण्डागर्दीविरुद्ध नेपाल पत्रकार महासंघ मोरङको नेतृत्वमा आन्दोलन सुरु भयो । सो आन्दोलनमा नागरिक ऐक्यबद्धता बढ्दै गएपछि मोरङको प्रहरी उपरीक्षक भएर उनै कार्की आइपुगे । पर्शुरामको आपराधिक संगठन ‘लार्ज स्केल’मा पुगेको देखे । पत्रकार ढकालमाथि ज्यानमार्ने उद्योग गरेको मुद्दा दायर भएपछि पर्शुराम भागे, कार्कीले उनको समूहलाई छिन्नभिन्न बनाए ।

‘टोले गुण्डा पर्शुराम यतिठूलो अपराध सम्हाल्ने व्यक्ति हुन्छ भन्ने कल्पनै थिएन,’ विराटनगरमा पोस्टिङ भएपछि कार्कीले भनेका थिए, ‘पर्शुरामको अपराध सकाएरै फर्किन्छु, पर्शुरामको अपराध सिध्याउन मलाई कसैको दबाब आयो भने टेर्दिनँ, सरुवा भयो भने पत्रकार सम्मेलन गरेर हिँड्छु ।’

पर्शुरामको आपराधिक गतिविधिलाई ‘साइज’मा ल्याउने देन उनै कार्कीलाई जान्छ । चार महिनाअघि मात्रै एआइजी पदबाट रिटायर्ड भएका कार्की भन्छन्, ‘आइजीको लाइनमा भएको म पर्शुरामको आपराधिक गतिविधि तोडेका कारण झन्डै डिआइजीबाटै फालिएँ ।’

राजनीतिक पार्टीमा ‘एस म्यान’ नभएकै कारण र पर्शुरामको आपराधिक समूह छिन्नभिन्न बनाएका कारण आफू झन्डै डिआइजीबाटै घर फर्किनुपर्ने अवस्था सिर्जना भएको अनुभव उनको छ ।

एआइजी बनिकन कार्की नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको प्रमुख बनेका थिए । त्यसबेला उनले पर्शुरामका गतिविधिहरूलाई सघन रुपमै हेरे । ‘केन्द्रीय अनुसन्धान ब्युरोमा पक्राउ परेका व्यक्तिहरूले पर्शुरामको नाम जोडेर बयान दिएनन्, उजुरी कसैले दिएनन्,’ कार्कीनिकट स्रोत भन्छ, ‘त्यसकारण भन्न सकिन्छ पर्शुरामलाई बलियो राजनीतिक संरक्षण छ, उनीविरूद्ध कसैले जाहेरी दिने हिम्मत गर्दैनन् ।’

चेलाचपेटा मिटरब्याजजस्ता आपराधिक घटनामा पक्राउ पर्दा पर्शुरामलाई ‘तान्न नसकेको’ त हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहकै अनुभव छ । ‘म केन्द्रीय अनुसन्धान ब्युरोमा हुँदा पर्शुरामलाई आपराधिक गतिविधिमा तान्ने कोसिस गरें, तर कोही पनि उजुर–बाजुर गर्न आएनन्,’ सिंहनिकट स्रोतले नवपथसँग भन्यो ।

प्रहरी महानिरीक्षक सिंह अहिले पनि पर्शुरामलगायत आपराधिक दुनियाँका व्यक्तिहरूमाथि आक्रामक कारबाही गर्न मातहतलाई निर्देशन दिँदै आएका छन् । पर्शुराम २०६२÷६३ को जनआन्दोलनमा नेकपा एमालेको ‘युथ’ जनशक्ति लिएर महेन्द्र चोकमा उग्र प्रदर्शन गर्थे ।

भर्खरै पासआउट भएका एक इन्सपेक्टरको नजर परेपछि पर्शुराम नराम्ररी कुटिए । त्यो कुटाइको क्षतिपूर्ति पर्शुरामले जनआन्दोलनको घाइते बनेर उठाएका थिए । यसरी पर्शुराम एमालेको संरक्षणमा हुर्किइरहे । ठेक्का–पट्टामा हात हालेपछि त उनले जसलाई सघायो उसकै भाग्य चम्किन थाल्यो ।

‘सिमावर्ती तस्करीमा पर्शुरामले एमाले नेता विनोद ढकाललाई रिझाएर कमिसन बुझाउँथे,’ नेविसंघका पुराना नेता दीपक नेपाल भन्छन्, ‘पर्शुरामको आपराधिक गतिविधिलाई एमालेका नेताको साथ थियो ।’

२०६४ सालबाट पर्शुरामको अभिषेक गिरीसँग ‘पानी बाराबार’ भयो । त्यसको कारण थियो –धरानको लुटपाट घटना । पर्शुराम र गिरीबीच लेनदेनमा विवाद भएको थियो । त्यही घटनाबाट पर्शुराम र गिरीको समूह औपचारिक रूपमा अलग भएको मानिन्छ ।

२०६५ सालमा तत्कालीन जिल्ला विकास समितिमा टेण्डर लुट्न जाँदा भएको झडपमा करण यादव मारिएका थिए । विराटनगरमा आपराधिक गतिविधि चलाउने बस्नेत र गिरी दुबै समूह टेण्डर लुट्न गएकोमा यादव मारिएपछि गिरी पक्राउ परे । त्यसपछि विराटनगरको आपराधिक दुनियाँ एकछत्र पर्शुरामको पोल्टामा प¥यो ।

आपराधिक सम्बन्धबाट टाढिएको ‘इबी’ साँध्न अभिषेकले जेलबाटै पर्शुरामलाई २०६६ साल फागुनमा दुई गोली हान्न लगाए । पर्शुराम झन्डै दुई महिना नोबेल अस्पतालमा उपचार गरेर तंग्रिए । त्यसबेला मोरङ प्रहरी प्रमुखको रुपमा देवेन्द्र सुवेदी थिए । उनले पर्शुरामको गतिविधिलाई नियन्त्रण गर्न खोजे, तर कसैले साथ नदिएका कारण सुवेदी ‘निरीह’ बने ।

अभिषेक गिरीले दुई गोली हानेको ‘बदला’ लिन पर्शुराम समूहले २०६८ साल जेठ १८ गते पेशी बयानमा जिल्ला अदालत मोरङ ल्याउँदा गिरीलाई आक्रमण ग¥यो । झुम्का कारागारबाट ल्याउँदा पर्शुराम समूहले अदालत परिसरमै गिरीलाई आक्रमण ग¥यो । गिरीलाई जोगाउन अदालतभित्र प्रहरीले दर्जन राउण्ड गोली चलाएको थियो । घटनापछि बस्नेतले पत्रकार सम्मेलन गरेरै घटनामा संलग्नता स्वीकार गरेका थिए । तर, अदालत परिसरभित्रै भएको सो घटनामा उनीमाथि कुनै कारबाही अगाडि बढेन ।

गिरी २०६९ सालमा जेलबाट छुटे । तर, अपराधमा सम्हालिएनन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीलाई अपहरण गरेको आरोपमा २०७० सालमा पक्राउ परे । त्यसयता गिरी जेलमै छन् ।

गिरी जेल परिकन मोरङको आपराधिक दुनियाँमा पर्शुरामको हालीमुहाली छ । उनी आपराधिक गतिविधिसँगै राजनीतिमा समानान्तर रूपमा सक्रिय छन् । कांग्रेसका केही स्थानीय नेताहरू पर्शुरामको गतिविधिलाई ‘साइज’मा ल्याउने उपयुक्त पात्र गिरीलाई ठान्छन् । तर, उनी जेलभित्रै छन् ।

मोरङ एमालेमा पर्शुरामको भागबण्डा नै चल्छ । उनी आफू या आफ्नो समूहलाई एमाले राजनीतिमा सकेसम्म स्थापित गराउन चाहन्छन् । राजनीतिमार्फत् उनी आफ्नो आपराधिक कमाइलाई ‘लालमोहर’ लगाउन चाहन्छन् । एमाले विराटनगरका अध्यक्ष सागर थापासँग उनको राम्रो सम्बन्ध छैन । तर, विराटनगरको पार्टी सचिव पर्शुरामले आफू निकट रोहित कोइरालालाई बनाउन बाध्य पारेका छन् । कोइराला पत्रकार ढकालमाथि आक्रमणको घटनामा संलग्न रहेर ६ महिना जेल सजाय पाएका व्यक्ति हुन् ।

वैशाखको स्थानीय तहको निर्वाचनमा पर्शुरामले विराटनगर महानगरपालिकाको मेयर ताकेका थिए । एमाले अध्यक्ष केपी ओली र मोरङ इन्चार्ज विनोद ढकालले उनै बस्नेतलाई उम्मेद्वार बनाउन चाहेका थिए । तर, एमालेका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेसहितको दबाबका कारण सागर थापाले टिकट पाए । तर, पर्शुरामसमेतको असहयोगका कारण उनी पराजित बने ।

Tags: गुण्डागर्दीपर्शुराम
ShareTweetPin
Previous Post

पाएको जिम्मेवारी पुरा गर्छु : रेवतीरमण भण्डारी

Next Post

मंसिर १० गते ‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करणको अडिसन हुदै

Next Post
मंसिर १० गते ‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करणको अडिसन हुदै

मंसिर १० गते ‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करणको अडिसन हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.