No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरी क्षेत्र नम्बर–३ भगवतीमय बन्दै, जनमतको संरक्षण गर्न जनताको आग्रह

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २१, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
सुनसरी क्षेत्र नम्बर–३ भगवतीमय बन्दै, जनमतको संरक्षण गर्न जनताको आग्रह
Share on FacebookShare on Twitter

रामधुनी । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा सुनसरी क्षेत्र नं. ३ को चुनावी माहौल गर्मिलो हुँदै गएको छ । नेकपा (एमाले) की प्रभावशाली नेतृ भगवती चौधरीको पक्षमा उत्रिएको जनलहरले यो पटक सुनसरी क्षेत्र नम्बर– ३ लाल किल्लामय बन्ने निश्चित देखिएको छ ।

विगत ४० वर्षदेखि एकै खाले राजनीतिक नेतृत्व भएकाले विकासको गती सुस्त हुँदा सामाजिक, आर्थिक रुपमा पछि परेको क्षेत्र हो सुनसरी क्षेत्र नम्बर– ३ । आर्थिक सवलीकरणका एजेण्डासहित चुनावी मैदानमा उत्रिएकी एमाले केन्द्रीय सदस्य तथा लघुवित्त अभियानकर्मी भगवती चौधरीलाई मत दिन जनता आतुर रहेको पाइएको छ । इटहरीका विभिन्न वडाहरुको घरदैलोमा नेतृ चौधरी र प्रदेश सभाका उम्मेदवार गइरहँदा आम जनताले भब्य स्वागत गरेका छन्। साथै, कतिपय जनताले विगतको जस्तो धाँधलीयुक्त निर्वाचन हुन नहुनेमा सचेत रहन पनि आग्रह गरेका छन् ।

सोमबार चुनावी घरदैलो कार्यक्रम अन्तरगत इटहरीका वडा नं. ६ र ९ मा पुगेकी चौधरीलाई स्थानीय मतदाताले भब्य स्वागत गरेका छन् । वडा नं. ६ को अनामनगरमा आयोजित कोण सभामा बोल्दै नेतृ चौधरीले ३० वर्षदेखिको शासनबाट मुक्त गराउन आफ्नो उम्मेदवारी रहेको बताइन् ।

विगतमा निर्वाचित भएर गएकाले जनताको अपेक्षा र युग सुहाउँदो विकास गर्न नसकेकाले सुनसरी क्षेत्र नम्बर– ३ ओझेलमा परेको बताइन् । इटहरीको बसपार्क व्यवस्थापन, बढ्दो शहरीकरण व्यवस्थापन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु हल गर्दै इटहरीमा राष्ट्रिय तहबाट ठूला योजनाहरु ल्याउन आफुले पहल गर्ने प्रतिबद्धता जनाईन् ।

चौधरीले सोमबारै इटहरी ६ स्थित बसपार्कमा मतदातालाई संवोधन गर्दै इटहरी बसपार्कलाई डिजिटलाइजेसन गर्दै व्यवस्थित वसपार्क बनाउन आफु लागिपर्ने प्रतिबद्धता जनाईन् ।

यस्तै, सोमबारै इटहरी वडा नं. ९ को फुलबारी टोल र लालीगुरास टोल, मरिक टोलमा पनि घरदैलो कार्यक्रम सम्पन्न गरेकि छिन् । त्यसबेला मतदाताले गरेका गुनासा र समस्याहरु सुन्दै आफुले व्यक्तिगत रुपमा समाज र जनताका सवालमा काम गरेपनि समृद्ध समाज निर्माण गर्न राज्यबाट नै काम हुनुपर्ने देखेकोले राजनीतिमा होमिएको बताइन् । ‘म भगबती चौधरीले व्यक्तिगत रुपमा जति गरेपनि त्यसले ठूलो परिवर्तन ल्याउँदो रहेनछ । राज्यबाट नै लगानी र व्यवस्थापन भयो भने परिवर्तन हुँदोरहेछ, मलाई योपटक जिताउनुस म तपाईहरुलाई निराश बनाउँदिन ।’ चौधरीले मतदाताका अगाडी भनिन् ।

नेकपा एमालेले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गरेको र त्यसकै जगमा रहेर साँढे ३ वर्ष काम गर्दा ठूलै उपलब्धीहरु भएको चौधरीले बताइन् । कोभिड महामारीका कारण अर्थतन्त्र खस्कँदा समेत ओली सरकारले विकास निर्माणमा ठूलै काम गरेको उनको भनाई छ ।

यता, मतदाताले चौधरीलाई विगतमा पटकपटक जिताएरै पठाएको स्मरण गर्दै जनमतको सुरक्षा गर्न सजग हुन सुझाए । निष्पक्ष निर्वाचन हुनुपर्ने पक्षमा रहेका जनताले जालझेल र सड्यन्त्र विरुद्ध खबरदारी र सचेत हुन एमालेका नेता कार्यकर्ताहरुलाई आग्रह गर्दा चौधरीले योपटक कुनैपनि प्रकारको धाँधली र सड्यन्त्र हुन नदिने तथा त्यसका विरुद्ध समेत जनताले खबरदारी गर्न जरुरी रहेको बताइन् ।

Tags: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनभगवती चौधरी
ShareTweetPin
Previous Post

फुटबल विश्वकपको अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर, यस्ता छन् अफरहरु

Next Post

भगवती चौधरी जस्तो “चौधरी समूदायमा हिम्मतिली र जुझारु महिला मैले देखेको छैन”: गुरु कृष्ण कुँवर

Next Post
भगवती चौधरी जस्तो “चौधरी समूदायमा हिम्मतिली र जुझारु महिला मैले देखेको छैन”: गुरु कृष्ण कुँवर

भगवती चौधरी जस्तो “चौधरी समूदायमा हिम्मतिली र जुझारु महिला मैले देखेको छैन”: गुरु कृष्ण कुँवर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.