No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भगवती चौधरी जस्तो “चौधरी समूदायमा हिम्मतिली र जुझारु महिला मैले देखेको छैन”: गुरु कृष्ण कुँवर

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २२, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
भगवती चौधरी जस्तो “चौधरी समूदायमा हिम्मतिली र जुझारु महिला मैले देखेको छैन”: गुरु कृष्ण कुँवर
Share on FacebookShare on Twitter

रामधुनी ।  कृष्ण कुँवरलाई अहिले गढि गाँउपालिकामा पर्ने औरावनीमा कुँवरसर भनेर जन जनले चिन्छन । नचिनुन पनि किन ? उहाँले त्यहाँको सरस्वती उच्च माविमा ३८ बर्ष पढाउनुभयो । त्यहि स्कुलवाट पढाउन सुरु गर्नुभएको ३८ बर्ष पछि त्यहि स्कुलबाटै रिटायर्ड हुनुभयो ।

सुनसरी क्षेत्र नम्वर ३ की एमाले उम्मेदवार भगवती चौधरीलाई कुँवर सरले सरस्वती स्कुलमा कक्षा ८ देखि १० सम्म पढाउनुभयो । भगवती चौधरीले चुनावी अभियान सञ्चालन गरिरहदा कुँवर सरले कक्षा ८ देखि १० सम्म पढाउदाको वेला झल्झली यसरी सम्झनुभयो ।

भगवती औरावनीमा कक्षा ८ मा पढथिन,मधेशाको स्कुलमा गएर एक दिन अग्रेँजीमा फरर भाषण गरिछिन, अँग्रेजी पढाउने उनको गुरु म त मख्खै परेँ नि । मधेशाका छात्राहरुलाई उ वेलै अँग्रेजीमा भाषण गरेर संगठित पो गरिछिन् । विद्यालयमा खेलकुदका गतिविधि त हुन्थे तर खेलकुद सिकाउने कोचको ब्यवस्था थिएन । भगवतीले बिद्यार्थीहरुलाई के के भनेर प्रभावित गरिन को नि, एक हुल बिद्यार्थी लिएर हेडसरको कक्षमा आइछिन । उनको माग थियो खेलकुद सिकाउने कोच चाहियो । बिद्यालयले कोचको ब्यवस्था मिलाउनै परयो । कोचको ब्यवस्था भएपछि खेलकुदको स्तर उस्किहाल्यो ।

“केहि अन्याय भयो कि मुकाविला गरिहाल्ने जुझारु स्वभाव थियो भगवतीको” कुँवर सरले अगाडी थप्नुभयो “कोहि सँग नझुक्ने,अन्याय त सहदै नसहने खालकी थिइन सानै देखि भगवती । उ वेला चौधरी समूदायका छोरी मान्छे खासै बोल्दैन थिए तर भगवती अचम्मकी थिइन,नेतृत्व क्षमता पनि अब्बल थियो ।” सानै देखि आफनो कामले अरुलाई प्रभावित गर्ने गज्जवको क्षमता छ भगवती चौधरीमा । सवैका कुरा सुन्ने र समेटने खुवी रहेको जनाउदै कुँवर सरले सम्झनाका पोकाहरु फुकाउदै जानुभयो ।

भगवती चौधरीका हजुरबुबा कुमरलाल चौधरीले स्थापना गरेको स्कुलमा कुँवर सरले पढाउनुभयो । भगवती चौधरीले त्यहिँ पढनुभयो । आफू मात्रै पढने होइन गाँउका अन्य छोरीलाई पढाउनुपर्छ भनेर घर घर पुगेर सानी केटिले भन्ने गरेको अझै सम्झना छ कुँवर सरलाई । तिनै भगवती चौधरी आफनो गाँउ बाट पहिलो पटक क्याम्पस जाने केटी वनिन कुँवर सरले गर्वका साथ भन्नुभयो ।

त्यहि भगवती संविधानसभा सदस्य वनिन,राज्यमन्त्री वनिन सरले जोसिलो पारामा थप्दै जानुभयो दुई दुई पटक यिनलाई अन्याय भएको छ । अदालत गईन अदालतले पनि न्याय दिएन । यसपाल जनताले चुनावमा भगवतीलाई न्याय गर्छन है पक्कै गर्छन कुँवर सरले थप्नुभयो ।

प्रदेश नम्वर ३ को मात्र होइन देशकै हीत चाहने हो भने भगवती चौधरीले जीत्नुपर्छ कुँवर सरले भन्नुभयो मैले मेरो बिद्यार्थी भनेर भनेको हैन है वास्तविक कुरा हो कुँवर सरले प्रष्टिकरण दिनुभयो यसपाल जित्छिन हेर्दैजानुस है । यिनले गाँउ शहर वजारको बिकासमा त पक्कै पनि ध्यान दिन्छिन नै,पिछडिएको वर्ग समूदायको कुरा सुन्छिन र यिनीहरुको हीतमा काम गर्छिन मेरो बिश्वास हो कुँवर सरले विश्वास जनाउनुभयो “सुनसरी ३ को बिकास चाहने हो भने भगवतीले जीत्नुपर्छ । ”

अन्तिममा पनि उहाँ भन्दैहुनुहुन्थ्यो यत्तिको जुझारु,लगशील वुझक्कड र काम गर्न खोज्ने महिला पाउन गाहो छ है ।

Tags: भगवती चौधरी
ShareTweetPin
Previous Post

सुनसरी क्षेत्र नम्बर–३ भगवतीमय बन्दै, जनमतको संरक्षण गर्न जनताको आग्रह

Next Post

न सर्दु वारि न सर्दु पारी, सन्तुलित विकास गर्ने मेरो जिम्मेवारी: स्वतन्त्र उमेदवार रोहित सुब्बा

Next Post
न सर्दु वारि न सर्दु पारी, सन्तुलित विकास गर्ने मेरो जिम्मेवारी: स्वतन्त्र उमेदवार रोहित सुब्बा

न सर्दु वारि न सर्दु पारी, सन्तुलित विकास गर्ने मेरो जिम्मेवारी: स्वतन्त्र उमेदवार रोहित सुब्बा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.