No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अहिलेको सत्ता गठबन्धन चुनाव जित्न मात्रै बनेको हैन : कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगाना

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १६, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
अहिलेको सत्ता गठबन्धन चुनाव जित्न मात्रै बनेको हैन : कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगाना
Share on FacebookShare on Twitter

रामधुनी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले अहिलेको सत्ता गठबन्धन चुनाव जित्न मात्रै नबनेको बताएका छन् ।

बुधबार इटहरीमा आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको सुनसरी क्षेत्र नं. २ (क) कोे अगुवा कार्यकर्ता भेलामा बोल्दै ढुंगानाले अहिलेको गठबन्धन चुनाव जित्न मात्रै नबनेको बताएका हुन् । ‘यो गठबन्धन चुनाव जित्न मात्रै बनेको होइन, गठबन्धनलाई चुनावमा मात्रै जिताउने होइन,’ उनले भने, ‘यो गठबन्धनले व्यवस्था होइन, अवस्था परिवर्तन गर्नेछ, बोल्न पाउनु मात्रै पनि लोकतन्त्र होइन ।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अधिनायकवादको बाटोमा अग्रसर रहँदा बनेको गठबन्धनले नेपाली जनताको अवस्था परिवर्तन गर्नका निम्ति चुनावमा सँगै होमिएको बताए । ‘वैचारिक र शैद्वान्तिक रूपमा भिन्नता भएपनि हाम्रो उदेश्य समाजवाद हो, समाजवाद केवल लोकतन्त्रबाट मात्रै सम्भव छ,’ नेता ढुंगानाले भने, ‘हामीलाई एमालेको आनीबानी राम्रैसँग थाहा छ, ओली नेतृत्वको एमालेले जस्तोसुकै झुटको खेती गर्नपनि पछि पर्दैन ।’

उनले गठबन्धनको विषयमा भ्रमितमा नपर्न आग्रह गर्दै चुनाव जिताउन आग्रह गरे । उनले भने, ‘मुलुकलाई समृद्विको यात्रामा अगाडि बढाउन पनि गठबन्धन आवश्यक छ ।’ कार्यक्रममा सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. २ तर्फ नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहता, प्रदेशसभातर्फ सुनसरी २ (क) बाट माओबादी केन्द्रका उम्मेदवार द्वारिकलाल चौधरी, कांग्रेस महाधिवेशन प्रतिनिधि विकास केसी, माओबादी केन्द्र प्रदेश १ का सदस्य उमेश साह, माओबादी केन्द्र इटहरीका इञ्चार्ज मदन चुडाल, कांग्रेस सुनसरी २ (क) का सभापति सुबेक्छु देवान राई लगायतले बोलेका थिए ।

निर्वाचनको मिति नजिकिएसँगै अहिले वडागत रूपमा निर्वाचन परिचालन समिति निर्माण गरी चुनाव प्रचारप्रसार सुरु गरिएको कांग्रेस सुनसरी २ (क) का सचिव चिन्तामणि सापकोटाले जानकारी दिए ।

ShareTweetPin
Previous Post

सुनसरी काँग्रेस भेला शनिबार, पाँच सयको उपस्थिति हुने अनुमान

Next Post

उपचार खर्चको अभावमा मृत्युसँग लडिरहेका बानियाँलाई नयाँ जीवन दिदै डा. सुनिल शर्मा

Next Post
उपचार खर्चको अभावमा मृत्युसँग लडिरहेका बानियाँलाई नयाँ जीवन दिदै डा. सुनिल शर्मा

उपचार खर्चको अभावमा मृत्युसँग लडिरहेका बानियाँलाई नयाँ जीवन दिदै डा. सुनिल शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.