छठ समापन : मन्त्री कार्की भन्छन् पर्वले भाइचारा कायम गर्दछ (तस्बिर सहित)

विराटनगर । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।

छठ पर्वको अन्तिम दिन(पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ । सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई नदी, ताल तलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबिच हर्ष अनि उल्लासका साथ मनाइएको छ ।

यसैबिच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले यस पर्वले अर्कामा जोडिने र आपसी भाइचारा कायम भइरहोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । विराटनगरमा आफै व्रत बसेर पर्व मनाउनुभएका मन्त्री कार्कीले भिडियो सन्देश जारी गर्दै पछिल्ला वर्षमा पर्व सबैतिर फैलिरहेको र यो परम्परा कायम रहने बताउनुभयो ।

छठ विशुद्धरुपमा एउटा धार्मिक आस्थाको पर्व हो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

विराटनगरमा कैद भएका केही तस्बिर हेरौँ :  

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.