No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘नेताहरु आउँछन्, कान पाक्ने, दुख्ने, दिमाग हल्लिने गरी कुराहरु सुनाउँछन् : रेखा थापा

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ३१, २०७९
in राजनीति, समाचार, समाज
0
‘नेताहरु आउँछन्, कान पाक्ने, दुख्ने, दिमाग हल्लिने गरी कुराहरु सुनाउँछन् : रेखा थापा
Share on FacebookShare on Twitter

रामधुनी । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन्।

मोरङको सुन्दरहरैचा बेलेपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन्। ‘नेताहरु पटकपटक आउँछन्, कान पाक्ने गरी, कान दुख्ने गरी, दिमाग हल्लिने गरी कुराहरु सुनाउँछन्। सपना देखाउँछन्,’ रेखाले भनिन्, ‘अनि त्यो सपना उधारो हुन्छ। अनि त्यो कुराहरु केही पनि पुग्दैन्। म सपना सुनाउन आएको होइन, तपाईंहरुको समस्या सुन्न आएको हो। मैले यहाँको समस्याहरु सबै बुझेको छु।’

आफू नेता बन्न होइन, नेता बनाउन आएको रेखाले बताइन्। ‘अब तपाईंहरु मत दिने हातहरु महान नेताहरु हो, अब कस्तो व्यक्ति चुन्ने, कस्तो व्यक्तिलाई यो ठाउँको सेवक बनाउने तपाईंहरुको हातमा छ। हिजो जे-जे भयो भयो हिजो आश गरेर जसलाई मत दियौं दियौं, अब समय परिर्वनशील छ। तपाईंहरुको अगाडि विकल्पको रुपमा प्रस्तुत हुन आएकी छु’, रेखाले आफ्नो उम्मेदवारीबारे प्रष्ट पारिन्।

थापाले स्थानीयसँग त्यहाँका समस्याहरु सुनेकी थिइन्। त्यस क्रममा बोल्दै एक स्थानीय महिलाले धेरै वटा पार्टीको नेताहरु आएपनि केही सुधार नभएको बताइन्।

‘बाटो उस्तै पिच भए हुन्थियो। यहाँ सिंहदेवी मन्दिर छ। बाटो पिच भए हामीलाई त्यहाँ जान सहज हुने थियो। आज उहाँ (रेखा) एउटा नारी भएर हिम्मतका साथ हाम्रो घरदैलोमा आउनुभएको छ’, उनले भनिन्, ‘के का लागि भन्दा उहाँ यो ठाउँको विकास गरौं भनेर नै हो। यहाँको समस्या हटाउन नै हो।’

‘हामीले जतिलाई भोट दियौं दियौं केही भएन उहाँ जस्तो हिम्मतवालीलाई भोट दियौं भने हाम्रो ठाउँ र देशको विकास हुन्छ भन्ने मलाई लाग्दछ,’ उनले भनिन्, ‘हिजो नेताहरु आउँथे, आफ्नो एकोहोरो कुरा राख्थे। भेटसम्म हुन पाउँदैन थियो। आज रेखा बहिनीसँग माया साट्न पाएका छौँ, हाम्रो समस्या राख्न पाएका छौँ। फोटो खिचेका छौँ, उहाँप्रति हामीमा यो ठाउँको लागि केही गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ।’

रेखाले हिजोको नेताहरुले केही गरेनन् भनेर गुनासो गर्नुभन्दा अब सहि उम्मेदवार छान्ने बेला आएको बताइन्। ‘अब पहिले जस्तो गल्ती गर्नुहुन्न, हिजो जसलाई जिताउनुभयो, उसले काम गरेको छैन भने फेरि पनि उसैलाई जिताएर किन गुनासोको जिन्दगी बाँच्ने आगामी ५ वर्षसम्मरु रेखाको प्रश्न छ।

Tags: रेखा थापा
ShareTweetPin
Previous Post

घुस रकमसहित जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर पक्राउ

Next Post

आज सार्वजनिक बिदा

Next Post

आज सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.