रामधुनी । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव रहेका छन् ।
सोमबार विशेष उजुरी एवं सूचनाका आधारमा अपरेटर यादव सेवाग्रहीसँग पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट रङ्गेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रभा सापकोटाका अनुसार रोक्का रहेको जग्गा फुकुवा गरिदिने भनी सेवाग्राहीसँग अवैध रूपमा रकम माग गरिरहको सूचना आएपछि अख्तियारको टोलीले सो रकमसहित रङ्गेहात पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

