No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

स्काउट शिक्षा : जसले व्यवहारिक ज्ञान सिकाउँछ

खेमराज सापकाेटा by खेमराज सापकाेटा
अशोज २९, २०७९
in मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
स्काउट शिक्षा : जसले व्यवहारिक ज्ञान सिकाउँछ
Share on FacebookShare on Twitter

इटहरी । ’प्रवेशद्वार हस्तनिर्मित, प्रवेश गर्नसाथ हस्तनिर्मित सूचना पाटीमा नियम सङ्ग्रहका पर्चा, वारिपारि अस्थायी टहरा’टेन्ट’, मञ्चमा जीवन जिउन सिकाउने सङ्गीतको धुन र फिल्डमा हरेक काममा व्यस्त दृश्य !’ – यो जीवन्त देखिने दृश्य सुनसरीको इटहरीमा आयोजित नेतृत्व विकास तालिमको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय मावि इटहरीमा न्यू भिजन ओपन कृयूसंघसंग को सहकार्यमा आयोजना गरेको स्काउट तालिमले जीवनका हरेक आयाममा आइपर्ने समस्या समाधान सहित व्यवहारिक जीवन जिउन सिकाइरहेको छ । स्काउट भन्नासाथ अनुशासित जीवनशैली हो । जसको माध्यमबाट व्यक्ति, समाज र राष्ट्रको विकाश गर्न सकिन्छ भन्ने मान्यता रहेको छ ।

तीन दिन सम्म सञ्चालित तालिमले विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासमा थप सहयोग पुगेको तालिमका प्रमुख देव याख्खाले बताए ’जो स्काउटमा सुरुमा आबद्ध हुन्छ । आबद्ध भएकै दिनबाट उ आफूप्रति सिक्न र सिकाउनका लगी प्रतिबद्ध भएको हुन्छ । उनले भने, त्यसमाथि यो तालिमले थप सिकाइ प्रदान गरेको छ ।’

तालिममा लागु औषध दुर्व्यसन सचेतना तालिम, ट्राफिक सचेतना तालिम, वृक्षारोपण, गाँठो कक्षा, प्राथमिक उपचार कक्षा, हाइक सङ्केत, क्याम्प फायर, सर्बधर्म सभा, अन्तर्निहित प्रतिभाको प्रस्फुटन लगायतका कार्यक्रम भएको क्रियूका सचिव बब्लु कुमार साहले बताए । सुनसरी र मोरङका स्काउट विद्यार्थीलाई लक्षित तालिममा २ सय ५० स्काउट विद्यार्थी, ट्रुप, रोभर रेन्जरको उपस्थिति रहेको थियो ।

तीन दिने तालिमको समापन समापन समारोहमा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप सचिव अर्जुन निरौलाले विपत् व्यवस्थापनमा प्रदेश सरकारले नीतिगत ढङ्गले काम गरिरहेको बताउँदै व्यवस्थापनमा स्काउटकर्मी संग सहकार्य र समन्वय गर्ने बताए ।

तालिमका प्रशिक्षक “हामी स्वयंसेवी अभियान“ प्रदेश न. १ का निर्देशक आर.सी.कोइरालाले नेपाल स्काउटले समूहमा कार्य गर्ने, दुःख–सुख महसुस गराउने, जीवन जिउने कला सिकाउने साथै विपत् व्यवस्थापन र नैतिक शिक्षालाई अनुसरण गरेको जुन वर्तमान परिस्थितिमा सामाजिक संजालमा एक्लै रमाउने युवा पीढीलाई अत्यन्त आवश्यक रहेको र कार्यक्रम उत्कृष्ट रहेको बताए ।

कार्यक्रममा स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक दिवश राजवंशीले स्काउट एक अनुशाशित संस्था भएकाले यसको उद्धेश्य पुरा गर्नका लागि आग्रह गरेका छन् ।

ShareTweetPin
Previous Post

मोरङ ३ मा गठबन्धनका उम्मेदवार डा. सुनील शर्मालाई जिताउन संयुक्त विज्ञप्ति जारी

Next Post

वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन: डा शर्मा

Next Post
वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन: डा शर्मा

वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन: डा शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.