No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘आमसञ्चार माध्यमको अनुगमन गर्दैनौँ’ : निर्वाचन आयोग

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १४, २०७९
in राष्ट्रिय, समाचार, हेडलाइन
0
निर्वाचन सामग्री खरिद टेण्डर आह्वान गर्ने आयोगको तयारी
Share on FacebookShare on Twitter

काठमाण्डौ । निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरीतका काम भए नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ । आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरूको अनुगमन गर्ने उद्देश्य राखेर प्रेस अफिस स्थापना गरेको हो ।

शुक्रवार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रेस अफिसको उद्घाटन गरेका छन्। प्रेस अफिसको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले यो अफिसले सञ्चारमाध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न काम गर्ने बताउ । त्यस्तै चुनावसँग सम्बन्धित कुराहरूको उत्पादन गर्दै डिजिटल माध्यम र आमसञ्चार माध्यमबाट सम्प्रेषण गरिने पनि उनले बताए । सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत राजनीतिक दल तथा उम्मेदवारले आचारसंहिता विपरीतका क्रियाकलाप गरेको विषयमा पनि प्रेस अफिसमार्फत अनुगमन हुने उनको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले आयोगले आमसञ्चार माध्यमको अनुगमन नगर्ने स्पष्ट पारेका छन् । आयोगले आमसञ्चार माध्यमको अनुगमन गर्ने धृष्टता कहिल्यै नगर्ने उनको भनाइ छ । उनले कस्ता विषयवस्तुहरू गइराखेका छन् र त्यो विषयवस्तुले निर्वाचन व्यवस्थापनमा कत्तिको सहजीकरण भएको छ भन्नाका लागि आन्तरिकरूपमा विश्लेषण गर्ने स्पष्ट पारे । उनले भने, ‘आयोगले आमसञ्चार माध्यमको अनुगमन गर्न सुरु गरेछ भन्ने कुरा सुन्ने गरेको छु । हामीले त्यस्तो धृष्टता कहिल्यै गर्दैनौँ । तपाईँहरू यसमा ढुक्क हुनु भए हुन्छ । आमसञ्चार माध्यमको अनुगमन भनेको अरू कसैले गर्ने होइन, स्वयम् आमसञ्चार माध्यमले नै गर्ने हो ।’

आयोगले हरेक दिनको गतिविधि समेटेर बेलुकी ६ बजेभित्र ई–बुलेटिन प्रकाशन गर्ने पनि आयुक्त थपलियाले जानकारी दिए । आयोगमा प्रवक्तासँगै थप तीन जना सहायक प्रवक्ता पनि बनाएको र विषयवस्तु हेरेर सहायक प्रवक्ताहरूसँग पनि सूचना लिन सकिने उनले बताए । प्रेस अफिसमा आयोगका प्रवक्ताको नेतृत्वमा २७ जना विभिन्न क्षेत्रका कर्मचारी रहने उनले उल्लेख गरे । यस्तै तीन जना विभिन्न क्षेत्रका विज्ञलाई पनि नियुक्त गरिएको उनले जानकारी दिए ।

आयुक्त थपलियाले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका निम्ति आमसञ्चार माध्यमको अत्यन्त महत्त्वपूर्ण भूमिका रहने भन्दै पत्रकार आचारसंहिता २०७३ का प्रावधानहरूलाई चुनावमा प्रयोग गर्न आग्रह समेत गरेका छन् ।

ShareTweetPin
Previous Post

विना विलका विभिन्न खाद्यान्न सामान सहित पिकअप भेन प्रहरीको नियन्त्रणमा

Next Post

इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

Next Post
इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.