विराटनगर । मोरङ बुढिगंगा गाउँपालिका–४ नेमुवाबाट प्रहरीले विना विलको विभिन्न खाद्यान्न सामान सहित पिकअप भेन नियन्त्रणमा लिएको छ ।
शुक्रबार साँझ करिब ६ बजेको समयमा सुनसरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं. १०२००२ च ४४२४ नम्बरको पिकअप भेनमा विना विलको विभिन्न खाद्यान्न (हरियो मटर, भुजिया, दालमोट, फ्राई मटर) लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सवारी साधन सहित अन्दाजी ५ लाख २८ हजारको सामान नियन्त्रण्मा लिएको हो ।
नियन्त्रणमा लिएको समान सहित पिकअप भेन आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।


















