विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-१ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटहरी गाउँपालिका–२ का ३५ बर्षीय उद्धब परियार रहेका छन् ।
बिहिबार अपरान्ह ३ बजे आसिस समि नारायण साह जे.बी. कन्ट्रक्सन द्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

















