रामधुनी । इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।
चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

















