No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एनसेलको चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १४, २०७९
in अर्थ, समाचार, सूचना प्रविधि, हेडलाइन
0
एनसेलको चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’
Share on FacebookShare on Twitter

काठमाडौं । एनसेलका ग्राहकले अब चाडपर्वको बेलामाअझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्छन् । चाडवाडको बेलामा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि पनि डेटा सेवा लिन सकिने गरि एनसेल आजियाटा लिमिटेडले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर संचालनमा ल्याएको छ ।

दशैं, तिहार र छठ पर्वको अवसरमा ल्याईएको यो प्याक प्रयोग गरि ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमङ्ग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहि सहन सक्छन् । ग्राहकले यो प्याकमा कर सहित मात्र रु ५९९ मा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरि कुल ६० जीबी डेटा पाउँछन् ।

यो प्याक एनसेलले बिहीबार (असोज १३) बाट संचालनमा ल्याएको हो । ग्राहकले सजिलै एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ह्यास डायल गरेर यो प्याक किन्न सक्छन् । यसैगरि एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक लिन सकिने एनसेलले जनाएको छ ।

प्याकमा पाईने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर बाहिर जहाँ पनि चलाउन सक्छन् । यो प्याक अन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रहि यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् र प्याकमा रहेको डेटाबाट फाइदा लिन सक्छन् । यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहन्छ ।

यो डेटा प्याकको विषेशता भनेको प्याकमा रहेको डेटा भोलुम खपत भइसके पछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागु हुँदैन । होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरि डेटा चलाउन सक्छन् ।

डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ । चाडपर्वको अवसरमा ल्याइएको यस प्याकले ग्राहकलाई घर होस् या बाहिर देशको जुनसुकै स्थानमा रहि शुभकामना आदानप्रदान गर्न, चाडवाडका उत्साह तथा उमङ्गहरु साट्न र आफ्ना प्रियजन तथा साथीभाईहरुसँग सहजै सम्पर्क रहि रहन मद्दत गर्दछ ।

Tags: एनसेलएनसेलको चाडपर्व योजना
ShareTweetPin
Previous Post

आज देशका केही भागमा दिउँसो हल्का वर्षाको सम्भावना

Next Post

फैलिँदै डेङ्गी : पालिकालाई जिम्मेवार बन्न इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाे आग्रह

Next Post
७२ जिल्लामा फैलियो डेंगी, सचेत रहन सबैमा आग्रह

फैलिँदै डेङ्गी : पालिकालाई जिम्मेवार बन्न इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाे आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.