रामधुनी । मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका अन्य प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
त्यस्तै, गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानमा भने हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
साथै बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने भएको छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

















