No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

फैलिँदै डेङ्गी : पालिकालाई जिम्मेवार बन्न इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाे आग्रह

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १४, २०७९
in समाचार, समाज, स्वास्थ्य, हेडलाइन
0
७२ जिल्लामा फैलियो डेंगी, सचेत रहन सबैमा आग्रह
Share on FacebookShare on Twitter

रामधुनी । डेङ्गी सङ्क्रमित र ज्यान गुमाउने संख्या थपिँदै जाँदा लामखुट्टे रोकथाम तथा नियन्त्रणमा तीन तहका सरकार र मातहतका निकायले प्रभावकारी काम गर्न नसकिरहेको बेला पालिका तहका सरकारलाई जिम्मेवार बन्न इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।

दशैँरतिहार जस्ता मुख्य चाडपर्वले मानिसको आवतजावत र चहलपहल बढाएको बढाएको बेलामा पालिकाले थप जिम्मेवार बनेर नियन्त्रणमा लाग्न महाशाखाले आग्रह गरेको हो ।

कोरोनाकालमा पालिकाले खेलेको भूमिका उल्लेखनीय रहेको तर अहिले डेङ्गीका बेलामा अपेक्षाअनुसार काम हुन नसकेको महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए। उनले आवश्यक स्रोत र साधन अपुग भएमा उपलब्ध गराउन महाशाखा तथा स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेको समेत बताए । डेङ्गीबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो ।

घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ताभन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न पनि डाक्टरको सुझाव छ । डेङ्गी फैलिएपछि साउन महिनादेखि नै देशभर लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालिएको थियो । तर पालिका तहमा अभियानले निरन्तरता पाउन नसक्दा सङ्क्रमण बढेको छ । कात्तिक मसान्तसम्म नै जोखिम रहने भएकाले यो अभियान निरन्तर चलाउनुपर्ने र पालिका तहमा पनि त्यसैअनुसारका काम गर्न भनिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने हुनाले लामखुट्टेको टोकाइबाट बच्न विज्ञले आग्रह गर्दै आएका छन् । विज्ञका अनुसार डेङ्गी नियन्त्रण गर्नका लागि लामखुट्टे खोज्ने र नस्ट गर्ने अभियान हरेक हप्ता दुई पटक गर्न आवश्यक छ । तर, पालिकाले यो अभियानलाई प्राथमिकतामा राख्न नसक्दा जोखिम थप बढेको छ । जाडो महिना लागेपछि डेङ्गी आफैँ हराएर जान्छ भन्ने बुझाइका कारण अहिले सङ्क्रमण उच्च तहमा पुगेको विज्ञको बुझाइ छ ।

पछिल्लो विवरण अनुसार डेङ्गीको सङ्क्रमणका कारण ३८ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमितको सङ्ख्या २८ हजार नाघेको छ । प्रदेशगतरुपमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ९ सय ७५ जनामा डेङ्गी देखिएको छ ।

त्यस्तै प्रदेश एकमा ८ सय २९, मधेस प्रदेशमा ४ सय १३, गण्डकीमा ६ सय ७७, लुम्बिनीमा ३ हजार १ सय २५, कर्णालीमा २ सय ३८ र सुदूरपश्चिममा ८ सय ५० जनामा सङ्क्रमण भएको छ ।

Tags: एडिज जातको लामखुट्टेएडिज लामखुट्टेडेङ्गी सङ्क्रमितमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
ShareTweetPin
Previous Post

एनसेलको चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’

Next Post

दशैँको शुभकामना, देशलाई असफलतातर्फ नधकेल्नु: पूर्वराजा ज्ञानेन्द्र

Next Post
राजतन्त्र फर्केला, पूर्वराजा के भन्छन् ?

दशैँको शुभकामना, देशलाई असफलतातर्फ नधकेल्नु: पूर्वराजा ज्ञानेन्द्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.