No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धरानको बजार २४सै घण्टा संचालन गर्ने विषयमा मेयर हर्क साम्पाङ

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ३, २०७९
in समाचार, स्थानीय, हेडलाइन
0
धरानमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना पुष्टि
Share on FacebookShare on Twitter

रामधुनी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको बजारलाई २४ सै घण्टा संचालन गर्ने विषयमा स्थानियहरुसंग समाजिक संजाल मार्फत राय माग गरेका छन् ।

सुरक्षा व्यवस्था कडा पारी २४ सै घण्टा बजार सञ्चालनमा ल्याउने सोचका साथ उनले सबैसंग राय मागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘धरानमा सुरक्षा बढाएर २४ सै घण्टा खुल्ला बजार बनाउने नयाँ प्रयोग ल्याउन चाहेका छौँ । जनताको राय बुझौँ न योबारे ।’

यसअघि उपमहानगरपालिकाले उपमहानर क्षेत्रमा सञ्चालन भएको रेस्टुरेन्ट तथा लाउन्ज बार सञ्चालनका लागि नयाँ मापदण्ड तयार गरेको थियो । रेस्टुरेन्टहरुले ग्राहकलाई होसै उड्नेगरी मदिरा सेवन गराउन नपाइने, मदिराको नशामा रहेकालाई घरसम्म लैजान सवारी हुनुपर्ने मापदण्डसमेत उपमहानगरले बनाउनेगरी प्रस्ताव पेस गरिएको थियो । प्रस्तावित मापदण्डअनुसार राति ८ बजेपछि आउने ग्राहकले आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर सहितको पहिचान फारम भर्नुपर्ने व्यवस्था रहेको छ ।

नयाँ ल्याइएको मापदण्डमा लाउञ्ज एण्ड बार बढीमा बिहान २ बजेसम्म खोल्न पाउने उल्लेख रहेको छ भने सामान्य प्रकृतिका होटल तथा रेस्टुरेन्ट भने बढीमा राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । नयाँ मापदण्डमा लाउन्ज एण्ड बार र होटलहरुले ग्राहकलाई मदिरा खुवाउँदा होसहवास हराउनेगरी वा ग्राहकले आफूलाई नियन्त्रणमा राख्न नसक्नेगरी धेरै मात्रामा मदिरा सेवन गराउन नपाउने उल्लेख गरिएको छ । यस्तै, मदिरा सेवन गरी अत्याधिक नशामा रहेका ग्राहकलाई घरसम्म पुर्याउने सवारीको व्यवस्था गर्नुपर्नेसमेत नयाँ मापदण्डमा उल्लेख रहेको छ ।

यस्तै, ग्राहकको सुरक्षाको लागि सीसी क्यामेरा जडान, प्राइभेट वा छुट्टै पार्किङको व्यवस्था, साउण्ड फ्रुफ भित्ताको व्यवस्था, कर्मचारीको पहिचान खुल्ने पोसाक र बाउन्सरको व्यवस्था हुनुपर्ने लगायतका मापदण्डसमेत ल्याइएको छ । रात्रिकालीन बजारको माग सम्बन्धित होटल व्यवसायी तथा रेस्टुरेन्टहरुले धेरै वर्षदेखि गर्दै आएकोले यो किसिमको एजेन्डा अघि सारेको हो ।

ShareTweetPin
Previous Post

इटहरी १० का काङ्ग्रेस वडासभापति कोइराला पक्राउ

Next Post

हामीले कम्युनिष्ट आन्दोलन जोगायौँ : सहरी मन्त्री चौधरी

Next Post
हामीले कम्युनिष्ट आन्दोलन जोगायौँ : सहरी मन्त्री चौधरी

हामीले कम्युनिष्ट आन्दोलन जोगायौँ : सहरी मन्त्री चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.