No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

संविधान दिवसमा प्रदेश १ सरकारको वृहत् वृक्षारोपण

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ३, २०७९
in प्रदेश, मुख्य समाचार, राष्ट्रिय, समाचार, हेडलाइन
0
संविधान दिवसमा प्रदेश १ सरकारको वृहत् वृक्षारोपण
Share on FacebookShare on Twitter

विराटनगर । संविधान दिवसको अवसरमा प्रदेश नं १ सरकारले वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि एक कार्यक्रमको आयोजना गरी रानीदेखि बरगाछी सम्म सडकको बिच भाग(डिभाइडर)मा बिरुवा रोपी संविधान दिवस मनाइएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राई तथा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बिरुवा रोपी कार्यक्रमको सुरुवात गर्नुभयो । केन्द्र सरकारको परिपत्र अनुसार प्रदेश १ सरकारले असोज २, ३ र ४ गते (३ दिन)सम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायतका कार्यक्रम गरी भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले संविधान निर्माणको छोटो अवधिमै महत्त्वपूर्ण उपलब्धि हाँसिल गरेको बताउँदै संविधानलाई जोगाएर लान जरुरी रहेको बताउनुभयो । वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्काउट विद्यार्थी, स्वयंसेवी विद्यार्थी, निजामती कर्मचारीहरुलेले वन कार्यालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपलब्ध गराएका २३ सय बिरुवा रोपेका छन् ।

सङ्घीयताले विकासका गतिविधि चलायमान भएः मन्त्री कार्की
सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संविधानसंगैको सङ्घीयताले विकासका गतिविधि चलायमान बनाएको बताउनुभयो । दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री कार्कीले केन्द्रीकृत मानसिकताबाट ग्रसित मुलुकमा संविधानसँगैको सङ्घीयताले बिकेन्द्रित बनाएको बताउनुभएको हो ।

‘हरेक क्षेत्रमा विकाशका गतिविधिहरू चलायमान हुँदै गएका छन् । सन्देशमा भनिएको छ, आवश्यक कानून निर्माण, विपद् व्यवस्थापन, आपराधिक गतिविधिको नियन्त्रण तथा नैतिक शिक्षाको जोडमा प्रदेश १ सरकार, त्यसमाथि यस मन्त्रालय जुटेर लागेको अवगत गराउँदछु ।’

घरघरमा दीपावली गर्न अपिल
प्रदेश सरकारले दिवसको मुख्य दिन सोमबार साँझ प्रदेशवासी आम नागरिकलाई आ–आफ्नो घर टोल र महत्त्वपूर्ण सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न अपिल गरेको छ । यस्तै सरकारले मङ्गलवार दीपावली गरेर दिवस समापन गर्ने छ । २०७२ मा नेपालको संविधान जारी भएपछि सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदै आएको छ ।

ShareTweetPin
Previous Post

‘कबड्डी-४’ पछि दया र सौगातको ‘दुई नम्बरी’ सिड्नीमा

Next Post

इटहरी १० का काङ्ग्रेस वडासभापति कोइराला पक्राउ

Next Post
इटहरीमा एक महिलामाथि ६ जना पुरुषद्दारा जबरजस्ती करणी, गहना र नगद लुटपाट

इटहरी १० का काङ्ग्रेस वडासभापति कोइराला पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.