No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

म्याजिक सिनेमा हल झुम्कामा जितिया–२ को प्रिमियर शो, मेयर, उपमेयरले दिए शुभकामना

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २, २०७९
in धर्म संस्कृति, मनाेरञ्जन, समाचार, समाज, स्थानीय, हेडलाइन
0
म्याजिक सिनेमा हल झुम्कामा जितिया–२ को प्रिमियर शो, मेयर, उपमेयरले दिए शुभकामना
Share on FacebookShare on Twitter

इटहरी । थारू समुदायको महान् पर्व हो । जितिया । महिला/ आमाहरू आफ्ना सन्तानको दीर्घायु, सुख-समृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन् ।

 

किंवदन्ती अनुसार जब देवी पार्वतीले देवाधिदेव महादेवलाई सोध्छिन्-मृतभुवन (पृथ्वीलोक)मा महिलाले आफ्नो सन्तानको सफलता, समृद्धि, उन्नति आदिको लागि कुनै ब्रतको व्यवस्था छ रु उत्तरमा महादेवले सुझाएछन् जितिया । तत्पश्चात् नै शुरु भएको यो जितियाको व्रत आज पनि यस धर्तीमा थारु समुदायसँगै मिथिलाञ्चलका मधेशी, दलित लगायत तराई-मधेशमा बसोबास गर्दै आएका अन्‍य समुदायले पनि स्वीकार गरी मनाउँदै आइरहेका छन् ।

जितिया पर्वको अवसर पारेर असोज १ गते झुम्काको म्याजिक सिनेमा हलमा थारु समुदायको कला संस्कृति भेषभुषा र परम्परा झल्काउने थारु भाषामा निमार्ण गरिएको चलचित्र जितिया-२ को प्रिमियर शो सम्पन्न भएको छ। खासगरी जितिया पर्व नेपालको तराई क्षेत्रमा मनाइन्छ। यसको सामाजिक, धार्मिक र ऐतिहासिक महत्व समुदायका सधवा तथा विधवा महिला, आमाहरुले आ-आफ्नै व्यवहार र चलनचल्ती अनुसार श्रद्धा र भक्तिपूर्वक जितिया पर्व मनाउँदै आएका छन् ।

प्रिमियर शाे कार्यक्रमकी सभापतित्व गर्नु भएको, थारु चलचित्र संघ तथा संस्कृति भेषभुषा संरक्षण समिति कि अध्यक्ष , उक्त चलचित्रको लेखक समेत रहनुभएकि रेनु चौधरीले कार्यक्रममा बोल्दै थारु समुदायका मानिसहरूले मनाउने जितिया पर्वले एक छुट्टै पहिचान र महत्व बोकेको बताउनुभएको छ।

शुभकामना मन्तव्य दिदै कार्यक्रममा जितिया-२ का कलाकार,म्याजिक सिनेमा हलका प्रोपाईटर समेत रहनुभएका पर्शुराम चौधरी , र वडा नं ९ का अध्यक्ष धनश्याम चौधरी सहित ले राजु चौधरी निर्देशनमा थारु समुदायका कलाकारहरुको अभिनय रहेको जितिया पर्व लक्षित चलचित्र थारु भाषा संस्कृतिलाई जिवन्त बनाईराख्न यो चलचित्र निर्माण गरिएको बताउनुभयो ।

कार्यक्रको प्रमुख अतिथि रहनु भएका रामधुनी नगरपालिकाका नगरप्रमुख शङ्करलाल चौधरीले कार्यक्रममा बोल्दै थारु समुदायको बाहुल्यता रहेको तराई क्षेत्रमा निर्माण भएको चलचित्रले हामी सम्पूर्ण थारु बासीलाई आफु थारु हुनुमा गर्व भएको र बाहिरी संस्कार परम्परालाई अङ्गालेर आफ्नो संस्कृतिलाई बिसर्न नहुने र जिवन्त सम्म पनि आफ्नो संस्कृतिलाई जोगाईराख्न आवाह्वान गर्दै, सम्पुर्ण चलचित्र निर्माण टिमलाई अग्रिम शुभकामना व्यक्त गर्नुभएको छ। कार्यक्रममा नगर उपप्रमुख तारा थापा, बिभिन्न वडाका वडा अध्यक्ष थारु समुदायका कलाकारहरुको,र चलचित्र प्रेमिहरुको बाक्लो उपस्थिति रहेको थियो।

खासगरी जितिया पर्व नेपालको तराईमा मनाइन्छ । तर सीमावर्ती मुलुक भारतको बिहार, उत्तरप्रदेश, छत्तिसगढ, झारखण्ड, मध्यप्रदेशमा पनि यो पर्व मनाइन्छ । किनकि यसको सामाजिक, धार्मिक र ऐतिहासिक महत्व समुदायका सधवा तथा विधवा महिला, आमाहरुले आ-आफ्नै व्यवहार र चलनचल्ती अनुसार श्रद्धा र भक्तिपूर्वक जितिया पर्व मनाउँदै आएका छन् ।

जितिया पर्वलाई भाइबहिनीबीचको स्नेहपूर्ण मिलन पर्वको रूपमा पनि मनाइन्छ। आफन्त, कुटुम्ब र नातेदारबीचको सम्बन्ध प्रगाढ बनाउने एउटा पवित्र पर्व पनि हो। अर्को कुरा, संसारमा सिर्जना भएका वा जन्म लिएका सबै जीवनको बीचमा सम्बन्ध जोडिएको हुन्छ र कुनै एकको विनाश भएमा त्यसको असर सबैलाई पर्छ भन्ने सन्देश जितियाले दिन्छ।

 

Tags: जितिया २
ShareTweetPin
Previous Post

सुन्दरहरैंचामा अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगिता

Next Post

प्रदेश १ स्तरीय बुद्धिचाल प्रतियोगितामा झापा प्रथम

Next Post
प्रदेश १ स्तरीय बुद्धिचाल प्रतियोगितामा झापा प्रथम

प्रदेश १ स्तरीय बुद्धिचाल प्रतियोगितामा झापा प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.