No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘म पैसा कमाउन राजनीतिमा आएको हैन, जनताको सेवा गर्न आएको हुँ,’ : डा.शर्मा

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ३१, २०७९
in राजनीति, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
नोबेल अस्पताल सञ्चालक डा.शर्माले दिए निःशुल्क एम्बुलेन्स
Share on FacebookShare on Twitter

मोरङ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै अहिले नेताहरु चुनावी अभियानमा जुटेका छन् । उम्मेद्वार बन्न लागेकाहरु जनताको घरदैलोमा पुगेर आश्वासन बाढ्दै भोट माग्न व्यस्त छन् । यही परिवेशका एक फरक पात्र हुन् डा.सुनिल शर्मा ।

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ बाट उम्मेद्वारका लागि सर्वसम्मत रुपमा एकल नाम सिफारिसमा परेका डा.शर्माको चुनावी अभियान अलिक फरक छ । उनी जनताको घरदैलोमा आश्वासन हैन सेवा दिन पुगिरहेका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्मा निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा पुग्दा विशेषज्ञ डाक्टरहरुको टोली लिएर पुग्छन् । उनले स्वास्थ्य शिविर मार्फत सो क्षेत्रका जनतालाई स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइरहेका छन् । नोबेल अस्पतालबाट पनि सो क्षेत्रका जनता धेरै लाभान्वित छन् ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि डा.शर्मा सोही क्षेत्रमा कांग्रेसबाट चुनाव भिडेका थिए । कम्युनिष्टको किल्ला मानिने सो क्षेत्रमा एमाले उम्मेद्वार भानुभक्त ढकालसँग पराजित भएपनि भारीमात्रामा मतान्तर घटाउन डा.शर्मा सफल भए । बेलबारी स्थायी घर भएका डा.शर्मा चुनाव हारेर पनि सो क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहेका छन् । निर्वाचनमा पराजित भएपछि पनि डा.शर्माले सो क्षेत्रमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराइरहेका छन् ।

क्षेत्र नं.३ मा सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे र कानेपोखरीका २६ वडा पर्छन् । अहिले सो क्षेत्रमा दैनिक तीन वटासम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको छ । शिविरमा नोबेल अस्पतालका बिशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । उपचारमा ख्याती कमाएका नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे, मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल, स्त्री रोग बिशेषज्ञ द्वय प्रा.डा.शान्ति सुवेदी, प्रा.डा.सिता घिमिरे लगायत बिशेषज्ञ डाक्टरहरुसहितको टोली शिविरमा जाने गरेको छ । अस्पताल पुग्दा पनि सबै विरामीले सहज रुपमा भेट्न हम्मेहम्मे पर्ने बिशेषज्ञ डाक्टरहरु उपचारका लागि गाउँमै आउँदा धेरै सजिलो भएको सर्वसाधरणहरु बताउँछन् ।

नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराइरहेका डा.शर्माले गत बर्ष घर–घरमा डाक्टर घर घरमा नर्श अभियान पनि सञ्चालन गरेका थिए । यसबर्ष एम्बुलेन्स क्याम्प सञ्चालन गरेर गाउँ–गाउँमै विशेषज्ञ डाक्टर पठाई विरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको हो । शिविरमा उपचार सम्भव नभएकालाई डा.शर्माले नोबेल अस्पतालकै गाडीमा अस्पताल ल्याएर उपचार पश्चात घर पुर्याउँने व्यवस्था पनि मिलाइदिएका छन् । डा.शर्माको यो अभियानबाट हजारौं विरामीले लाभ लिइसकेका छन् ।

आफ्नो क्षेत्रका नागरिकलाई सकेको सहयोग गर्न यो अभियान सञ्चालन गरेको डा.शर्मा बताउँछन् । ‘अहिले चुनाव आएर मात्र निःशुल्क उपचारको अभियान चलाएको हैन, पहिले देखिनै निरन्तर चलिरहेको छ,’ डा.शर्मा भन्छन्, ‘आफ्नो गाउँठाउँका जनतालाई सकेको सहयोग गरौं भनेर यो अभियान चलाइएको हो ।’

आफुले जनतालाई व्यक्तिगत तवरबाट निरन्तर सहयोग पुर्याउँदै आएकाले चुनावमा जनताले आफुलाई सहयोग गर्ने डा.शर्माको अपेक्षा छ । ‘म पैसा कमाउन राजनीतिमा आएको हैन, जनताको सेवा गर्न आएको हुँ,’ डा.शर्मा भन्छन्, ‘चुनाव हार्दा पनि जनताको सेवा गरिरहेको छु, अझै जनताले चुनाव जिताउँनु भयो भने व्यक्तिगत रुपमा र सरकारी तवरबाट पनि अझ बढी सेवा गरेर देखाउँछु ।’

Tags: गाउँ गउँमा नोबेलगाउँ गउँमा नोबेल शिक्षण अस्पतालडा.सुनिल शर्मानोबेल शिक्षण अस्पतालप्रतिनिधि सभा निर्वाचनप्रदेश सभा निर्वाचन
ShareTweetPin
Previous Post

पौडीमा संखुवासभाका विकासलाई तीन स्वर्ण, महिलातर्फ धनकुटाकी वियुषा राईलाई दुई स्वर्ण

Next Post

सोह्र श्राद्ध अर्थात् पितृपक्षको महत्व

Next Post
सोह्र श्राद्ध अर्थात् पितृपक्षको महत्व

सोह्र श्राद्ध अर्थात् पितृपक्षको महत्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.