विराटनगर । लागुऔषध ब्राउनसुगर सहित प्रहरीले विराटनगरबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर १२ बस्ने २२ बर्षीय सुहन लिम्बु र मोरङ बेलबारी ११ बस्ने ३१ बर्षीय सिकुम योङहाङ रहेका छन् ।
आइतबार विहान बिहान साढे १० बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ।
लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका लिम्बु र योङहाङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


















