विराटनर। करेन्ट लागेर विराटनगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका ८ बालगोपाल टोलका ३० बर्षीय राजु मुखियाको मृत्यु भएको हो ।
शनिवार राती ९ बजेआफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका मुखियालाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।

















