झापा। झापाकोे मेचीनगर नगरपालिका ६ मेचिडाँडा छेउबाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको १ सय ५० केजी सुपारी प्रहरीले बरामद गरेको छ ।
बिहिबार साँझ ४ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टबाट खटिएको प्रहरी टोलीले १ सय ५० केजी सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।


















