विराटनगर । अविरल परेको बर्षासंगै आएको बाढी तथा डुवानले प्रदेश १ को जनजीवन प्रभावित बन्दै गएको छ । गए रातिदेखिको निरन्तरको झरीले पहाडी भेगमा पहिरोको जोखिम बढ्दै गइरहदा तराइमा डुवानले जनजीवन प्रवाभित बनेको हो ।
मौसम पूर्वानुमान महासाखाले आगामी तीन दिन सम्मै निरन्तर बर्षा जारी रहने भन्दै सजक रहन आग्रह गर्दै गर्दा प्रदेश १ सभाका सदस्यहरुले बाढी तथा डुवानमा परेकाहरूलाइ तत्काल उद्घार तथा राहतको व्यवस्था मिलाउन प्रदेश सरकारसंग माग गरेका छ्न ।
मंगलवारको प्रदेश सभाको बैठकमा बोलेका सदस्यहरुले बाढी तथा डुवानका कारण जनजीवन प्रभावित बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन ।
यता प्रदेश १ सरकारले भने नागरिकको उद्घार गर्नका लागि कुनै कसर बाकी नराख्ने बताएको छ । सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले डुवानमा फसेका नागरिको उद्घार कार्य जारी रहेको बताए । ‘सरकार उद्घार तथा राहतको कार्यमा खटीरहेकोले सुचना पाउन साथ सुरक्षाकर्मीको टोली परिचालित भैरहेको छ । उनले भने, विपतका बेला नागरिक सुरक्षित भएर बसौं । एकअर्कामा सहयोगको भावना राखेर काम गरौं ।’
मन्त्री कार्की मंगलवार डुवान तथा बाढीको निरीक्षण गर्नका लागि गएका थिए । विराटनगर वडा न ६ र ११को सिमानामा केसलीया खोलाको अनुगमनका क्रममा मन्त्री कार्की पीडित संगै रहेका थिए ।

















