तनहुँ । नेपाल युनेस्को महासङ्घको १२ औँ महाधिवेशन अन्तरगत उद्घाटन सत्र सम्पन्न भएको छ । शनिवार तनहुँको भानु नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्माले उद्घाटन गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले युनेस्को नेपालले समाजका सामाजिक काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले युनेस्को प्रदेश भरि नै हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको अध्यक्षता भानु नगरपालिका तनहुँ तथा राष्ट्रिय युनेस्को महासङ्घका केन्द्रीय अध्यक्ष आनन्दराज त्रिपाठीले गरेका थिए । यस्तै पोखरा विश्वविद्यालयका उपकुलपति डा।प्रेम अर्याल, शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश १ का प्रतिनिधिले आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको शुभकामना सन्देश व्यक्त गर्नुका साथै प्रदेश १ झल्काउने मायाको चिनो स्वकीय सचिव दिवश राजवंशीले हस्तान्तरण गरेका छन् ।
जारी महाधिवेशनले केन्द्र तथा प्रदेशको नयाँ कार्यसमिति चयन गर्ने छ । यस्तै महाधिवेशनले विभिन्न संसोधनका प्रस्तावहरु पारित समेत गरेको छ ।
महाधिवेशन अन्तरगत भोली(आइतबार) बन्द सत्र हुने छ । उद्घाटन सत्रमा संकृस्ति झल्कने झाँकी समेत प्रस्तुत गरिएको थियो ।
तस्विरहरुः प्रदेश १ आन्तरिक मामिला तथा कानूनमन्त्रीको सचिवालय


















